३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोना संक्रमितको संख्या ६९ लाखभन्दा बढी, मृतकको संख्या एक लाख ६ हजार नाघ्यो



अ+ अ-

काठमाडौं । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसमम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६९ लाख ६ हजार १५२ पुगेको छ । त्यपछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ७० हजार ४९६ नयाँ संक्रमित थपिएका हुन् ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख ६ हजार ४९० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाबाट ९६४ जनाको मृत्यु भएको हो । भारत अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको मुलुक हो । 

कोरोनाबाट मृत्यु हुनेको संख्यामा भने भारत तेस्रो स्थानमा छ । अमेरिकामा कोरोनाबाट दुई लाख १२ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

त्यसैगरी अहिसलेसम्म भारतमा ५९ लाख ६ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।