२० मंसिर २०८२, शनिबार
,
Latest
प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोना संक्रमितको संख्या ६९ लाखभन्दा बढी, मृतकको संख्या एक लाख ६ हजार नाघ्यो



अ+ अ-

काठमाडौं । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसमम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६९ लाख ६ हजार १५२ पुगेको छ । त्यपछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ७० हजार ४९६ नयाँ संक्रमित थपिएका हुन् ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख ६ हजार ४९० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाबाट ९६४ जनाको मृत्यु भएको हो । भारत अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको मुलुक हो । 

कोरोनाबाट मृत्यु हुनेको संख्यामा भने भारत तेस्रो स्थानमा छ । अमेरिकामा कोरोनाबाट दुई लाख १२ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

त्यसैगरी अहिसलेसम्म भारतमा ५९ लाख ६ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।