३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

के लालु यादव रिहा होलान् ? झारखण्ड अदालतले दियो जमानत



अ+ अ-

राँची । बिहारका पूर्व मुख्यमन्त्री एवं भारतीय राजनीतिका चर्चित व्यक्तित्व लालु प्रसाद यादवलाई झारखण्ड उच्च अदालतले शुक्रबार एउटा मुद्दामा जमानत दिएको छ । चारा घोटालासँग सम्बन्धित एउटा मुद्दामा उहाँलाई जमानत दिएको अदालतले जनाएको छ । 

बिहार विधान सभाको चुनावअघि यादवलाई एउटा मुद्दामा जमानत दिएसँगै बिहारको चुनावी राजनीति तरंगित बनेको छ । 

तर, यादवमाथि लागेको चारा घोटालासँग सम्बन्धित अर्को मुद्दा भने विचाराधीन अवस्थामै रहेकाले यादव जेलमै रहनु पर्नेछ । श्री यादव हाल स्वास्थ्य समस्या देखाउँदै महिनौंदेखि राजेन्द्र इन्स्टिच्यूट अफ मेडिकल साइन्सेजमा भर्ना हुनु भएको छ । 

लालु यादव सन् २०१७ को डिसेम्बरदेखि जेलमा हुनुहुन्छ । उहाँले भारतीय फौजदारी संहिता बमोजिम सात वर्ष र चारा घोटाला सम्बन्धी अर्को मुद्दामा सात वर्षको जेल सजाय पाउनु भएको छ । 

लालु यादव बिहारको मुख्यमन्त्री भएका बखत सन् १९९१ र १९९६ मा बिहारस्थित पशुपालन विभागको एक परियोजनाबाट गैरकानुनी तरिकाबाट तीन करोड ५० लाख भारतीय रुपैयाँ झिकेको यादवमाथि आरोप छ ।