८ श्रावण २०८३, शुक्रबार
,
Latest
विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीः १० लडाकु मारिए, दुई महिला आत्मघाती आक्रमणकारी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विश्वविद्यालयमा ८ डीन र ३ निर्देशक नियुक्त



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले ८ डीन नियुक्त गरेको छ । लामो कसरतपछि हिजो बसेको परिषद् बैठकले डिन नियुक्त गरेको हो ।

त्रिविले कार्यविधिका आधारमा नियुक्त गरिएको जनाएको छ । तीन जनामध्ये एक जना छान्ने विधि प्रयोग गरेर सर्वसम्मतिले डिन नियुक्त गरिएको हो । त्रिविले दोस्रो पटक डीन नदोहोर्‍याउने नीति लिएकाे छ ।

छनोट समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा रहेकालाई गर्ने कि अर्को छान्ने भन्नेमा विवाद थियो । वर्णानुक्रम अनुसार नाम भएकाले तीन जनामध्ये एक जना छान्ने नीति परिषद्ले लिएको हो ।

प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले ७ पुस भित्र नियुक्त गर्न निर्देशन दिएका थिए ।

त्रिविमा को–को बने डिन ?

प्रा.डा. बेदराज आचार्य, शिक्षाशास्त्र संकाय

सहप्राध्यापक ठाकुर सिलवाल, वन विज्ञान अध्ययन संस्थान

प्रा.डा. मोहोनराज शर्मा, चिकित्साशास्त्र अध्ययन संस्थान

प्रा.डा. द्विविनन्द ढकाल, मानविकी तथा सामाजिकशास्त्र

प्रा.डा. महानन्द चालिसे, व्यवस्थापन संकाय

प्रा.डा. शंकर खनाल, विज्ञान तथा प्रविधि अध्ययन संस्थान

सहप्राध्यापक डा.किशोरचन्द्र दाहाल, कृषि र पशुविज्ञान अध्ययन संस्थान

प्रा.डा. सुशीलबहादुर बज्राचार्य, इन्जिनियरिङ अध्ययन संस्थान

त्रिविको कार्यकारी परिषद्ले तीन निर्देशक पनि नियुक्त गरेको छ ।

शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशकमा डा. सहप्राध्यापक राजेन्द्र कु“वर, व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा प्रा.डा. मीना राजभण्डारी र योजना निर्देशनालयका निर्देशकमा सहप्राध्यापक डा. लक्ष्मीकान्त शर्मा नियुक्त भएका छन् ।