२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको तापक्रम २.५ डिग्री सेल्सियसमा झर्‍यो, यो वर्षकै बढी चिसो



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको छ । आज बिहान काठमाडौंमा यो वर्षकै बढी चिसो महशुस गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले हिजो काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन गरेको थियो । तर आज त्यसभन्दा घटेर २.५ डिग्री सेल्सियस कायम भएको हो ।

केही दिनदेखि निरन्तर ओरालो लागेको काठमाडौंको न्यूनतम तापक्रम अझै घट्न सक्ने मौसमविदले बताएका छन् ।

काठमाडौंबाहेक पनि देशैभरि चिसो क्रमश: बढ्दै गएको छ । जुम्लामा केही दिनदेखि न्यूनतम तापक्रम माइनस ५ भन्दा कम मापन भएको छ ।

त्यस्तै जोमसोममा न्यूनतम तापक्रम ओरालो लागेर माइनस दुई देखि माइनस ३ सम्म झरेको छ । । जिरीमा पनि न्यूनतम तापक्रम शून्यभन्दा कम हुँदै गएको छ ।

दिउँसोको अधिकतम तापक्रम पनि त्यति नघटेको तर न्यूनतम तापक्रम ओरालो लागिरहेको छ । काठमाडौंमा आज १८ देखि १९ डिग्री सेल्सियसम्म अधिकतम तापक्रम रहने महाशाखाको आकलन छ ।