८ श्रावण २०८३, शुक्रबार
,
Latest
रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको तापक्रम २.५ डिग्री सेल्सियसमा झर्‍यो, यो वर्षकै बढी चिसो



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको छ । आज बिहान काठमाडौंमा यो वर्षकै बढी चिसो महशुस गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले हिजो काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन गरेको थियो । तर आज त्यसभन्दा घटेर २.५ डिग्री सेल्सियस कायम भएको हो ।

केही दिनदेखि निरन्तर ओरालो लागेको काठमाडौंको न्यूनतम तापक्रम अझै घट्न सक्ने मौसमविदले बताएका छन् ।

काठमाडौंबाहेक पनि देशैभरि चिसो क्रमश: बढ्दै गएको छ । जुम्लामा केही दिनदेखि न्यूनतम तापक्रम माइनस ५ भन्दा कम मापन भएको छ ।

त्यस्तै जोमसोममा न्यूनतम तापक्रम ओरालो लागेर माइनस दुई देखि माइनस ३ सम्म झरेको छ । । जिरीमा पनि न्यूनतम तापक्रम शून्यभन्दा कम हुँदै गएको छ ।

दिउँसोको अधिकतम तापक्रम पनि त्यति नघटेको तर न्यूनतम तापक्रम ओरालो लागिरहेको छ । काठमाडौंमा आज १८ देखि १९ डिग्री सेल्सियसम्म अधिकतम तापक्रम रहने महाशाखाको आकलन छ ।