१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

संसद सेवाको प्रभावकारिताबारे समिक्षा गरौंः राष्ट्रिय सभा अध्यक्ष

संसद सेवाको प्रभावकारिताबारे समिक्षा गरौंः राष्ट्रिय सभा अध्यक्ष
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद सेवाको प्रभावकारिताबारे समिक्षा गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा १८ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

उहाँले २३ वर्षअघि गठन गरिएको संसद सेवाको लक्ष्यमा पुग्नसक्यौं कि सकेनौं भनेर समिक्षा गर्नुपर्ने बेला भएको बताउनु भयो । उहाँले संसदको आवश्यकताअनुसार संसद सेवाको पुनःसंरचनाको लागि नीतिगत, तथा व्यवहारिक पहलकदमी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानमा राज्यका तीन वटै अंगहरुको भूमिका प्रष्टसँग उल्लेख गरिएको उल्लेख गर्दै व्यवहारिक रुपमा प्रयोग भए÷नभएको समिक्षा गर्न जरुरी रहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदको मुख्य काम कानून निर्माण, संसदीय निगरानीका साथै सरकारलाई जवाफदेही र जनताप्रति उत्तरदायी बनाउन निरन्तर खबरदारी गरिरहनु हो । आजको संसद्ले आफ्नो मुख्य काममा कतिका प्रभावकारी भुमिका निर्वाह गरिरहेको छ ? संघीय संसद र सांसदहरुले खेलेको भुमिका कस्तो छ ? २३ वर्षअघि जुन लक्ष्य, उद्देश्य र सोचले लिएर अलग्गै संसद सेवा गठन गरिएको थियो । यसको लक्ष्यमा हामी पुग्नसक्यौं कि सकेनौं ? स्वायत्त सेवाको रुपमा गठन गरेको संसद सेवाले सेवाको प्रभावकारितामा योगदान दिन के कस्ता वाधा र व्यवधानहरु भोगिरहेको छ ? संसद सेवा आफैं कति स्वायत्त र बलियो छ रु हामीले विभिन्न फोरमहरुमा छलफल गरेर निस्कर्ष निकाल्नुपर्छ । म विशेष जोड दिएर भन्न चाहान्छु, हरेका वर्ष मनाइने यो संसद सेवा दिवसमा मात्र छलफल, बहस गरेर पुग्दैन । संसदको आवश्यक्ता अनुसार संसद सेवाको पुर्नसंरचनाको लागि नीतिगत, तथा व्यवहारिक पहलकदमी बढाउन उत्तिकै जरुरी छ । हामीले संविधानमै राज्यका तीन अंग र तिनका भूमिकालाई प्रष्ट गरिसकेका छौं । व्यवहारिक रुपमा त्यसको प्रयोग भइरहेको छ कि छैन त्यसका बारेमा पनि हामी सबै पक्षले समिक्षा गर्न जरुरी छ ।’

सचिवालयका कर्मचारी सांसद र सरकारले संसद सेवालाई प्रभाकारी बनाउन महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा उहाँको जोड छ ।