काठमाडौं । प्रहरीले भक्तपुरका तीनवटा गेष्ट हाउसमा अवैध क्रियाकलाप हुने गरेको सुराकका आधारमा छापा मारेर सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको छ । भक्तपुरमा रहेका सुनकोशी गेष्ट हाउस, सनसाईन गेष्ट हाउस र बालकुमारी गेष्ट हाउसमा प्रहरीले छापा मारेको महानगरीय प्रहरी वृत थिमिले जनाएको हो । सुनकोशीबाट सञ्चालक कमल गिरीसहित रमेश घजु र २० वर्षीया युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत थिमिका डिएसपी ऋषिराम कँडेलका अनुसार गेष्ट हाउसमा महिला राखेर असामाजिक क्रियाकलाप गरेको हुनाले उनीहरुलाई पक्राउ गरिएको हो । उनले भने, अनुसन्धान भईरहेको छ, कानुन बमोजिक गेष्ट हाउस सञ्चालकलाई कारवाही हुन्छ ।’
सनासईन गेष्ट हाउसबाट सञ्चालक दिलध्वज खड्का सहित दुई महिला र दुईजना पुरुषलाई पक्राउ परेका छन् । बालकुमारी गेष्ट हाउसका सञ्चालक कालिकोट घर भएका नरेश बोगटीसहित चार महिला र अर्का एकजना पुरुषलाई प्रहरीले पक्रेको छ ।











