१४ श्रावण २०८३, बिहीबार
,
Latest
आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरण सरकारको मुख्य कार्यभारः गृहमन्त्री



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभार भएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित शान्ती, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तर प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री लेखकले यस्तो बताउनुभएको हो । उहाँले संविधानलाई असफल बनउने छुट कसैलाई नभएको बताउनु भयो । उहाँले नेपालमा ६८ वर्षको अवधीमा सात वटा संविधान बनेको स्मरण गरउँदै संविधान धेरै बन्नु राजनीतिक अस्थिरताको अदारहण भएको बताउनु भयो ।

उहाँले संविधानलाई असफल बनाउन संविधान विरोधी गतिविधिहरु गर्ने र वर्तमान व्यवस्थालाई असफल सावित गर्ने प्रयत्न हुने गरेको उल्लेख गर्दै त्यसका विरुद्ध कडा रुपले उभिन जरुरी रहेको बताउनु भयो । उहाँले भोतिक विकास निर्माण र आर्थिक वृद्धि गर्न नसक्दा जनतामा केही असन्तुष्टि रहेपनि संविधानकै कारण मुलुकमा समृद्ध बन्न नसकेको भाष्य निर्माण गर्ने दुष्प्रयास भइरहेको बताउनु भयो । संविधान विरोधी गतिविधिहरु कुनैपनि हिसावले क्षम्य नहुने लेखकको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीले संविधान बनाएका छौं । तुलनात्मक रुपमा हेर्दा यो संविधान अन्य देशका संविधानको तुलनामा असल छ । संसारभरका संविधानहरुलाई अध्ययन गरेर बनाएको हुनाले हाम्रो संविधान कान्छो र सफल हो । संविधानमा हामीले गणतन्त्र र संघीयताको विषयमा महत्वपूर्ण निर्णय गरेका छौं । हाम्रा नयाँ अभ्यासहरु प्रयोग भएका छन् । त्यसरि नै हाम्रा लोकतान्त्रिक मुल्य मान्यताहरुलाई यो संविधानमा समावेश गरेका छौं । यो संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण आजको मुख्य कार्यभार हो । मैले एउटा कुरा निरन्तर भन्ने गरेको छु, यो संविधानलाई असफल बनाउने छुट हामी कसैलाई छैन । किनभने नेपाल ६८ वर्षमा ७ वटा संविधान बनेको देश हो । हामीले ७ वटा संविधान बनाएका छौं । धेरै, सडक, पलु र विश्वविद्यालय बनाउने कुरा राम्रो हो । धेरै संविधान बनाउने कुरा बेठिक हो । धेरै संविधान बन्नु भनेको मुलुकको राजनीतिक अस्थिरताको उदाहारण हो । ६८ वर्षसम्म हामी राजनीतिक अस्थिरतामा हामी गुज्रियौं । त्यसो भएका कारणले अब यो संविधानलाई असफल हुन दिनुहुन्न । संविधानलाई असफल बनाउन संविधानविरोधी गतिविधिहरु गर्ने र वर्तमान व्यवस्थालाई असफल सावित गर्न प्रयत्न गर्ने कोसिशहरु हुने गरेका छन् । त्यसका विरुद्ध हामी कडा रुपले उभिन जरुरी छ । केही कुराहरुमा समाधान गर्न नसक्दा नागरिकमा असन्तुष्टि भएपनि संविधानको कमजोरीका कारण मुलुकको विकास हुन नसकेको भन्ने भाष्य र गतिविधि भइरहेका छन् यस्ता गतिविधिहरु कुनैपनि हिसावले क्षम्य हुँदैनन् ।’

उहाँले मुलुकमा साइबर अपराधका घटनाहरु बढिरहेको बताउनु भयो । उहाँले व्यक्तिगत चरित्रहत्या र समाजको शान्ती व्यवस्था खल्बल्याउने अपराधिक क्रियाकलापहरु बढेको उल्लेख गर्दै यसका विरुद्ध सरकार निर्मम ढंगले प्रश्तुत हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय साइबर क्राइम बढिरेहको स्थिति छ । साइबर क्राइममा पनि खासगरि घृणात्मक अभिव्यक्तिहरु बढिरहेको पाइएको छ । कसैको व्यक्तिको चरित्र हत्या गरिदिने अथवा समाज समाजका बीचमा द्वन्द्व बढाउने, विषेश, भूगोल, धर्म र भाषाका बीचमा पनि विद्वेष फैलाउनले र समाजलाई गलत ढंगले प्रभावित पार्ने तरिकाले यो अपराध बढीरेहेको छ । यो अपराध नियन्त्रणका लागि पनि हामीले कुनै पनि खालको सम्झौता नगरेर निर्मम ढंगले प्रश्तुत हुन जरुरी छ ।’

जनतालाई कानूनी राज्यको प्रत्याभुति दिलाउने सवालमा सरकारले कसैसँग सम्झौता नगर्ने उहाँको भनाइ छ ।