२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने



(तस्बिरः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल/रासस)
अ+ अ-

काठमाडौँ ।भिजिबिलिटीको समस्या भोगिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली जडान गर्न भारतले अनुमति नदिए पछि नागरिक उड्डयन प्राधिकरणले आरएनपी एआर प्रणाली जडान गरेको हो ।

विश्वका धेरै देशका विमानस्थलहरुमा र वायुसेवामा प्रयोग भइसकेको यो प्रणाली भू—उपग्रहमा आधारित हुन्छ । उपकरणमा आधारित उडान अवतरण प्रणाली (इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम, आइएलएस) प्रविधिको विकल्पमा आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पफर्मेसन–अथोराइजेसन रिक्वायार्ड) भनेर चिनिने प्रविधि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै प्रयोगमा आइसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले आगामी माघ १० बाट आरएनपी–एआर प्रणाली प्रभावकारी हुने भन्दै सूचना प्रकाशित गरेको जानकारी दिनुभयो ।

महानिर्देशक अधिकारीले आरएनपी–एआर प्रणालीको सहायताले गौतमबुद्ध अन्तर्राष्ट्रि«य विमानस्थलमा न्युनतम ८ सय मिटरको भिजिबिलिटीमा पनि जहाजहरु सहजरुपमा उडान अवतरण हुनसक्ने बताउनु भयो । भूउपग्रहमा आधारित हुने यो प्रणालीले भिजिबिलिटीको कारणले उडान र अवतरणमा आइरहने अवरोध हटाउने बताउनु भयो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको आरएनपी–एआर प्रणालीले ११ सय मिटरको न्युनतम भिजिबिलिटिमा काम गर्छ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ८ सय मिटरको भिजिबिलिटिमा काम गर्ने महानिर्देशक अधिकारीले बताउनु भयो ।

यस्तै रात्रिको समयमा बन्द हुँदै आएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अब राति १ घण्टा ढिलो र बिहान १ घण्टा अगाडी खुल्ने भएको छ । धावनमार्गसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन भन्दै गएको कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरिएको छ । आगामी माघ १९ गतेबाट लागू हुनेगरी राति ११ बजेदेखि बिहान ७ बजेसम्म ८ घण्टामात्रै विमानस्थल बन्द गरिने पनि महानिर्देशक अधिकारीले जानकारी दिनुभयो । बन्द गरिने समय घटेपनि काठमाडौंबाट भैरहवा सारिएको अन्तर्राष्ट्रिय उडान यथावत राखिएको स्पष्ट पार्नुभयो ।