काठमाडौं । प्रादेशिक अस्पताल सुर्खेतमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । आईतबार वीरेन्द्रनगर नगरपालिका १०, की ६५ वर्षीया महिलाको कोरोना संक्रमणको कारण महिलाको मृत्यु भएको हो ।
महिलाललाई कोरोना संक्रमण पुष्टि भएपछि असोज २१ गते अस्पताल भर्ना गरिएको थियो । उनि दम र अल्सरको बिरामी रहेकी पछिल्लो समय निमोनियासमेत देखिएको प्रदेश अस्पतालका कोरोना फोकल प्रशन डा. नवराज केसीले जानकारी दिए ।
योसहित कर्णाली प्रदेशमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ।











