२७ मंसिर २०८१, बिहीबार
,
Latest
मैत्रीपूर्ण फुटबलमा बालेनले गरे गोल ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न, ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्ताव… त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक : त्रिविलाई साँच्चिकै मेरिटोक्रेसीका आधारमा चलाउन कुलपतिको निर्देशन रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति ‘अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ’ एनपिएलः काठमाडौँले जनकपुरलाई दियो १०२ रनको लक्ष्य २०३४ को फुटबल विश्वकपको आयोजना साउदी अरेबियाले गर्ने ‘पर्वतीय क्षेत्रलाई जलवायु सङ्कटबाट जोगाउन सहकार्य गर्नुपर्नेमा जोड’ ‘पुष्पा–२’ को विश्वभरको कमाइ १ हजार करोड, ६ दिनमा यति धेरै कमाउने पहिलो भारतीय फिल्म स्वास्थ्य क्षेत्रको लगानी व्यवस्थित गर्न जरुरीः स्वास्थ्यमन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमलादीको कलभर्ट निर्माण पूरा, सहज बन्यो यातायात



अ+ अ-

काठमाडौं: कमलादी स्थित टुकुचा खोलामा क्षतिग्रस्त बनेको कलभर्ट निर्माण पूरा भई सो खण्डमा यातायात आवागमन सहज बनेको छ ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कलभर्टकको उद्घाटन गरेका छन् । ११ मिटर लामो उक्त कलभर्ट भत्किँदा कमलादी क्षेत्रमा सवारी आवागमनमा समस्या भएको थियो । व्यस्त र जरुरी महत्वको स्थान भएकै कारण सडक विभागले तिव्रताका साथ सो स्थानमा काम गराएको विभागका महानिर्देशक रामहरी पोखरेलले बताए । कमलादीको उक्त कलभर्ट गत साउन २३ गते रातिको बाढीले क्षतिग्रस्त बनेको थियो ।

सडक डिभिजन कार्यालय काठमाडौले गत असोज १८ गते ४९ लाख ६३ हजार रुपैयाँमा उक्त कलभर्ट निर्माणका लागि डिवी कन्ट्रक्सनलाई ठेक्का दिएको थियो ।

काठमडौ डिभिजनका प्रमुख नारायणदत्त भण्डारीका अनुसार बाढीका कारण काम हुन नसके पछि मंसिर १७ गते सम्पन्न गर्ने गरि कातिक ३ गतेबाट काम शुरु भएको थियो । राणकालमा निर्मित उक्त कलभर्ट पुरातात्विक महत्वको हुन सक्ने भन्दै पुरातत्व विभागले समेत चासो देखाएको थियो । जसका कारण विभागसँग सहमति लिनु पर्ने प्रकृयाले पनि निर्माण कार्यमा ढिलाई भएको थियो । तर कातिक १ गते पुरातत्व विभागले समेत कलभर्ट निर्माणमा सहमति दिए पछि निर्माणले गति लिएको थियो ।