६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

जाजरकोटमा जीप दुर्घटना, ५ जनाको मृत्यु, २ घाइते

जाजरकोटमा जीप दुर्घटना, ५ जनाको मृत्यु, २ घाइते
अ+ अ-

जाजरकोट । जाजरकोटमा भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गाडीको ब्रेक फेल भएर दुर्घटना भएको बताएको छ ।

नलगाड नगरपालिका–३ को बिराखोला कैना –कट्के सडक खण्डमा गएराति ११ बजे ग. ३. च. ९८४५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

नलगाड नगरपालिका–५ कालिमाटीबाट नलगाड ३ करूवा जाँदै गरेको उक्त जीप सडकबाट करिब ७ सय मिटर तल खोलामा खसेको थियो । जीप दुर्घटनामा परेलगत्तै चालकसहित ७ जनालाई स्थानीय र प्रहरीको सक्रियतामा उद्घार गरी थप उपचारका लागि नगर अस्पताल दल्लीमा ल्याइएको थियो । त्यसलगत्तै चिकित्सकले ५ जनालाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा मृत्यु हुनेमा नलगाड नगरपालिकाका वडा नं. ३ करुवा बस्ने अन्दाजी वर्ष ३१ का गाडी चालक ईन्द्रजित थापा, सोही वडाकै अन्दाजी बर्ष ६४ कि शिला पुन, अन्दाजी बर्ष ३२ कि सारदा थापा, अन्दाजी बर्ष १७ कि लक्ष्मी पुन रोका र उनको १ महिनाको छोरा आलोचन रोका रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

घाइते दुई मध्ये २१ वर्षीय जीवन विकसको अवस्था सामान्य रहेकाले सामान्य उपचार पश्चात डिस्चार्ज गरिएको छ । अर्का घाइते १९ वर्षीय जनक थापाको नगर अस्पताल दल्लीमा उपचार भइरहेको छ ।