२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्तरिक रोजगार महाशाखा स्थापना गरी स्वदेशमै रोजगारी दिन्छौँः मन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार महाशाखा स्थापना गरी स्वदेशमा रोजगारीको वातावरण बनाइने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय संरचनाको चरणमा रहेको उल्लेख गर्नुभयो । मन्त्रालयको संरचना निर्माणका लागि ओएनएमको प्रश्ताव मन्त्रीपरिषद्मा पुगेको बताउनु भयो ।

उहाँले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको मात्रै काम गरेको जस्तो देखिएकाले मन्त्रालयअन्तर्गत आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागिएको बताउनु भयो । उहाँले सरकारले रोजगार दिने नभइ रोजगारीको वातावरण मात्रै निर्माण गरिदिने र रोजगारी निजी क्षेत्रले दिने बताउनु भयो । उहाँले मुलुकभित्रका रोजगारका सम्भावनाहरु खोजेर प्रवद्र्धन गर्ने, अघि बढाउने काममा आफूहरु लागिपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विशेष गरी अहिले हामीले रोजगार क्षेत्रमा दुई वटा कुरा गर्न खोजेका छौँ । आन्तरिक रोजगार र वैदेशिक रोजगारको कुरा छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कहिले कहिले नाम नै अर्को गर्ने की भन्ने पनि कुरा आउँछ । किनभने यो मन्त्रालयले वैदेशिक रोजगारको काम मात्रै गरेको छ । वैदेशिक रोजगार मन्त्रालय मात्रै बनाउने हो की भन्नेकुरा पनि कहिले कहिले आउँछ । मन्त्रालयको संरचना हेर्ने हो भने वैदेशिक रोजगार महाशाखा छ, वैदेशिक रोजगार बोर्ड छ । तर आन्तरिक रोजगारमा कहीँ केही छैन । कसले हेर्ने रु त्यसैले अहिले हामी ओएनएमको चरणमा छौँ । अहिले हामी मन्त्रालयको संरचनाको चरणमा छौँ । हाम्रो ओएनएमको प्रश्ताव क्याबिनेटमा पुगेको छ । जहाँ हामीले मन्त्रालयअन्तर्गत आन्तरिक रोजगार महाशाखा स्थापना गर्दैछौँ । यसले मुलुकभित्रका रोजगारका सम्भावनाहरु खोजेर प्रवद्र्धन गर्ने, अघि बढाउने हो । सरकारले रोजगारी दिने होइन । सरकारले बाटो बनाइदिने हो । रोजगार दिने भनेको रोजगार दाताले हो, निजी क्षेत्रले हो ।’

मन्त्री भण्डारीले वैदेशिक रोजगारीबाट सीप सिकेर आएका व्यक्तिहरु नेपालका लागि उपयुक्त जनशक्ति भएको बताउनु भयो । उहाँले अहिलेको प्रविधिलाई प्रयोग गरेर सबै सेवा फेसलेस र पेपरलेस बनाउने काममा अघि बढिरहेको बताउनु भयो ।