२५ श्रावण २०८३, सोमबार
,
Latest
सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव लागुऔषधसहित पाँच जना पक्राउ पाल्पामा पिकअप जिप ११० मिटर तल खस्दा १० जना घाइते शीत भण्डार बनेपछि स्याङ्जाकाे रत्नपुरका आलु उत्पादक किसान उत्साहित गाईजात्राको अवसरमा ‘जोगिन्दर’ले ल्याए ‘बालेन सरकार’, राजनीतिदेखि सामाजिक प्रवृत्तिसम्म व्यंग्य आङ सान सुकीको पूर्ण रिहाइको आसियान माग म्यान्मा सरकारद्वारा अस्वीकार कावासोतीमा टायर पन्चर भएर माइक्रोबस पल्टिँदा ६ जना घाइते बजार अनुगमनमा कारबाही : खरिद बिल नराख्ने पसललाई २० हजार जरिवाना विपद्का घटना बढे, एकै दिन ४१ घटना यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई पोखरा पुर्‍याइयो



file
अ+ अ-

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई पोखरा पुर्‍याइएको छ । लामिछानेलाई सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट पोखरा पुर्‍याइएको हो ।

वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा उनलाई बयानको लागि पर्सा लगिएको थियो । लामिछानेको बयान पूरा भएपछि सिमराबाट काठमाडौ हुदै बुद्ध एयरको जहाजमार्फत पोखरा लगिएको हो ।

सहकारी ठगी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ । प्रहरीले पोखराको सूर्यदर्शन सहकारी, रुपन्देहीको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अनियमिततामा लामिछानेसँग बयान लिएको छ ।