१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

नेप्से परिसूचकमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो

नेप्से परिसूचकमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो
अ अ+ अ-

काठमाडौँ । यस साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन पनि दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १२ दशमलव ८४ अङ्कले घटेर दुई हजार छ सय ७६ दशमलव १५ को विन्दुमा कायम भएको हो ।

आज तीन सय १७ कम्पनीको एक करोड १५ लाख २३ हजार तीन कित्ता शेयर ६२ हजार सात सय ५८ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ६२ करोड ९९ लाख ४५ हजार आठ सय २२ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा वित्त समूह शून्य दशमलव १५, लगानी शून्य दशमलव ७६, उत्पादन तथा प्रशोधन एक दशमलव ०६, म्युचुअल फन्ड शून्य दशमलव १४ र अन्य समूह शून्य दशमलव ११ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ४६, विकास बैंक शून्य दशमलव ६८, होटल तथा पर्यटन शून्य दशमलव ८३, जलविद्युत् शून्य दशमलव ५४ र जीवन बिमा समूह एक दशमलव ६७ प्रतिशतले घटेको छ ।

यसैगरी, लघुवित्त समूह शून्य दशमलव ६१, निर्जीवन बिमा समूह एक दशमलव १६ र व्यापार समूह एक दशमलव ३० प्रतिशतले घटेको छ । इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव ७६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार भएको रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रू ३५ करोड २७ लाख २० हजार चार सय ४९ बराबरको कारोबार भएको छ । शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आरबिबी म्युचुअल फन्ड–को पाँच लाख १७ हजार चार सय कित्ता शेयर किनबेच भएको छ ।