१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

जनताको भरोसा र व्यक्त गरेको अभिमतलाई रक्षा गर्न नसकेको अध्यक्ष दाहालको स्वीकारोक्ति

जनताको भरोसा र व्यक्त गरेको अभिमतलाई रक्षा गर्न नसकेको अध्यक्ष दाहालको स्वीकारोक्ति
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनताले पार्टीप्रति गरेको भरोसा र व्यक्त गरेको अभिमतलाई रक्षा गर्न नसक्दा कार्यकर्ता र कर्मचारीहरुमा असन्तुष्टि बढ्दै गएको स्वीकार गर्नुभएको छ ।

सोमवार नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको १८ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

जनताको विश्वासअनुसार पार्टीलाई एकतावद्ध गरेर जनभावनालाई उच्च सम्मान गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढ्न नसकेको कारण जनता र कार्यकर्तामा असन्तुष्टि बढेको बताउनु भयो । उहाँले माओवादी घटकहरु समय समयमा विभाजित भएको उल्लेख गर्दै विभाजनका घाउहरु बल्झिँदै गएको बताउनु भयो । माओवादी केन्द्रले आफ्ना एजेण्डाहरुमा निरन्तरता दिन नसक्दा पार्टीप्रतिको जनताको एकता, निष्ठा र लगाव कमजोर हुँदै गइरहेको उहाँको भनाइ छ । उहाँले राम्रा काम गर्न खोज्दाखोज्दै पनि गर्न नसकिएको कारण माओवादी केन्द्र आत्मसमिक्षा गर्नुपर्ने ठाउँमा आइपुगेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले २०६४ सालको निर्वाचनमा जनताले हामीप्रति गरेको अपार भरोसा र व्यक्त गरको अभिमतलाई रक्षा गर्न सकेनौं । हामी जनताको त्यो विश्वासअनुसार पार्टीलाई एकतावद्ध गरेर जनभावनालाई उच्च सम्मान गर्दै विकास र समृद्धिको यात्रामा अगाडि जान सकेनौं । विविध कारणले हामी विभाजित भयौं । र त्यो विभाजनको परिणामा आम कार्यकर्ता र कर्मचारीतन्त्र भित्र पनि कहीँ न कहीँ निराशा र असन्तुष्टिहरु बढ्दै गए । विभाजनका घाउहरु बल्झिँदै पनि गए । यसबीच हामीले राम्रो गर्न खोज्दाखोज्दै पनि हामी आत्मसमिक्षा गर्नुपर्ने ठाउँमा पुगेकै छौं । हामीले हाम्रा एजेण्डालाई जति दरोसँग पक्रेर बस्नुपथ्र्यो तर त्यो पनि गर्न सकेनौं । अनि हाम्रो वर्ग र हाम्रो समुदायप्रति हाम्रो एकता, उनीहरुसँगको हाम्रो निष्ठा र लगाव कमजोर हुँदै गयो । हामीले त्यहाँ पनि आत्मसमिक्षा गर्नुपर्ने आवश्यकता छ । हामीले हाम्रा एजेण्डाहरुलाई निरन्तर जसरि जनतामा लिएर जानुपर्ने थियो त्यो काम पनि बिस्तारै कमजोर हुँदै गएको देखियो ।’

काम गर्दै जाँदा केही कमजोरी भएपनि गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा भौतिक पूर्वाधारको क्षेत्रमा महत्वपूर्ण थालनी गरेको उहाँको दाबी छ ।