१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जाहेर गर्दै माइतीघरमा प्रदर्शन

भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जाहेर गर्दै माइतीघरमा प्रदर्शन
अ अ+ अ-

काठमाडौँ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारितभएको २१ वर्ष पूरा भएको अवसरमा आज देशभर ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहका साथै भ्रष्टाचारविरुद्ध तथा सुशासनका पक्षमा क्रियाशील विभिन्न सामाजिक सङ्घ संस्थालेसमेत विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाएका छन् ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायमका लागि भएका प्रयास तथा उपलब्धिबारे गम्भीर समीक्षाको खाँचो आँैल्याइएको छ । सोही उपलक्ष्यामा ट्रान्सपरेन्सी इन्टरनेसनललगायत संस्थाको अगुवाइमा काठमाडौँको माइतिघरस्थित सडकमा भ्रष्टाचार विरुद्धको अभियानप्रति ऐक्यबद्धता जाहेर गर्दै आज बिहान १० देखि ११ बजेसम्म एक घण्टा प्रदर्शन गरियो ।

नागरिक समाजका अगुवा, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिका साथै ट्राफिक प्रहरीबाट समेत ऐक्यबद्धता प्रकट गरिएको उक्त प्रदर्शनीमा न्याय निसाफमा हुने आर्थिक मोलमोलाइले देशलाई खोक्रो बनाउने विषय प्लेकार्डमा उल्लेख गरिएको थियो ।

त्यस्तै, भ्रष्टाचार नियन्त्रण गर्ने अभियानमा पीडित जनता अब आफै सक्रिय हुनुपर्ने तथा भ्रष्टाचार घातक रोग भएकाले यसको अन्त्य गरिनुपर्ने विषय त्यस अवसरमा प्लेकार्ड प्रस्तुत गरियो । ट्रान्सपरेन्सी इन्टरनेशनल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन, महालेखा परीक्षकको प्रतिवेदनजस्ता सरकारी निकायकै आधिकारिक दस्तावेज र तथ्य–तथ्याङ्कले मुलुकमा भ्रष्टाचार बढिरहेको देखाएको छ ।

तथापी, तीनै तहका सरकार तथा सरोकारवाला निकायसमेत भ्रष्टाचार घटाउन र सुशासन कायम विभिन्न पाटाबाट भगिरथ प्रयास गरिरहेका छन् । मुलुकको हालको अवस्थाले भ्रष्टाचार कम भएको सङ्केत तथा तत्कालै सुधार हुने सम्भावना कम देखिएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदनकृष्ण शर्मा बताउनुहुन्छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भ्रष्टाचारविरुद्धको अभियानमा लामो समयदेखि सहकार्य गर्दैआएको छ । नेपाल सरकार, पूर्वसचिव तथा पूर्वकर्मचारी सेवा परिषद्का अध्यक्ष बालकृष्णप्रसाद प्रसाइँले भ्रष्टाचारविरुद्धको अभियान राजनीतिक नेतृत्व र कर्मचारी प्रशासकमै पनि बोली तथा व्यवहारमा एकरुपता नदेखिएको प्रतिक्रिया दिनुभयो ।

उहाँ भन्नुहुन्छ, “राजनीतिक नेतृत्वको बोलीमा प्रतिबद्धता र सरकारी कार्यालको मूलद्वारमा भ्रष्टचारविरुद्धमा शून्यसहनशीलता लेखिपनि व्यवहारमा भनाइ र गराईबीच ठूलो खाडल छ ।” ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका सदस्य किरण थापाले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस भएकाले त्यसप्रति ऐक्यबद्धता प्रकट गर्दै प्लेकार्डसहित प्रदर्शन गरिएको प्रतिक्रिया दिनुभयो ।