२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

घानाका उपराष्ट्रपति बावुमियाद्वारा राष्ट्रपति चुनावमा हार स्वीकार



अ+ अ-

एजेन्सी ।घानाका उपराष्ट्रपति र सत्तारुढ पार्टीका उम्मेद्वार महामुदु बाबुमियाले २०२४ को राष्ट्रपति चुनावमा आईतवार हार स्वीकार गर्नुभएको छ ।

आफ्नो आधिकारिक निवासबाट एक संक्षिप्त टेलिभिजन सम्बोधनमा सत्तारुढ नयाँ देशभक्त पार्टीको नेतृत्व गर्ने बाउमियाले नतिजाहरू स्वीकार गर्नुभएको हो ।

घानावासीहरूलाई उनीहरूको समर्थनको लागि कृतज्ञता व्यक्त गर्नुभयो । राष्ट्रपतिको दौडमा विजयी भएकोमा पूर्वराष्ट्रपति जोन द्रामणि महामालाई बधाई दिनुभयो । विपक्षी राष्ट्रिय लोकतान्त्रिक कंग्रेसको नेतृत्व गर्दै आउनुभएका महामाले आईतवार सामाजिक सञ्जालमार्फत आफ्नो जितको घोषणा गर्नुभयो ।

घानावासीहरूले नयाँ राष्ट्रपति र २७६ सांसदहरू चयन गर्न शनिवार मतदान गरेका थिए । घानाको निर्वाचन आयोगले आधिकारिक रूपमा अन्तिम परिणाम घोषणा गर्न बाँकी छ ।