काठमाडौं । काठमाडौं उपत्यकामा थप २ हजार २ सय ८३ जना कोरोनाका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जना रहेका छन् ।
योसहित उपत्यकामा संक्रमितको संख्या ४४ हजार ३ सय ६८पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।











