काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखोल्ने भएको छ । देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको कारण थप देशमा संकट उत्पन्न हुन नदिनको लागि सीमा नाका नखोल्ने भएको हो ।
आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाका थप एक महिना नखोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि नेपालसँग सीमा जोडिएका अन्तराष्ट्यि सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णय भएको थियो तर संक्रमणको जोखिम बढ्दै गएको कारणले सोही निर्णयलाई थप अगाडी बढाई अझै थप एक महिना नाका नखोल्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले मानवअधिकारसम्बन्धी ५ वर्षीय कार्ययोजना पनि पारित गरेको छ ।











