५ असार २०८३, शुक्रबार
,
Latest
सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम पुर्वअनुमान



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीको पश्चिम–मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र रहेको छ। उक्त निम्न चापिय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिमी दिशा तर्फ सर्दै जाने देखिन्छ। अहिले देशको पहाडी भूभागमा आंशिक बदली रहेको र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । 
 
यसैगरी, दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आजको मौसम पूर्वानुमानमा उल्लेख छ । भने, प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै भू९भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राती  प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।