९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट नेपालले कति लाभ लिन सक्यो समिक्षा गरौ– पूर्बप्रधानमन्त्री नेपाल

चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट नेपालले कति लाभ लिन सक्यो  समिक्षा गरौ– पूर्बप्रधानमन्त्री नेपाल
अ अ+ अ-

 

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिङफिङले नेपाल भ्रमण गर्नुभएको एक वर्ष पुरा भएको अवसर पारेर नेपाल–चाइना मिडिया फोरमले प्रकाशित गरेको पुस्तक ‘प्रेसिडेण्ट सि जिङफिङ्स नेपाल भिजिट  अ पिक्टोरियल गाइड’ को सोमबार पुर्व प्रधानमन्त्री, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपालले सार्वजानिक गरेका छन् ।
सो समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले नेपाल–चीन सम्बन्ध सधै हार्दिक र सुमधुर रहेको उल्लेख गर्दै यो सम्बन्धलाई अझै कसिलो र घनिभूत बनाउनु पर्ने बताए । चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट नेपालले कति लाभ लिन सक्यो भन्ने समिक्षा गर्नुपर्ने बेला आएको उल्लेख गर्दै उनले भने–‘कागजीरुपमा त लाभ लियौं तर व्यवहारिकरुपमा कति लाभ लिनसक्यौ ? बेल्ट एण्ड रोड इनिसियटिभ्सबाट कति लाभ लिन सक्यौं ? यसको समिक्षा गर्दै भएका सहमति कार्यन्वयनमा जोड दिनुपर्छ ।’ नेपाल चीनको विश्वासिलो मित्र भएको भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने–‘हामी चीनसँग अझ विश्वासिलो र साझेदार देशकारुपमा अघि बढ्न चाहान्छौं ।’
पछिल्लो समय सी जिन फिङले चीनको नेतृत्व सम्हाल्नु भएपछि उनले बेल्ट एण्ड रोड सम्बन्धी नयाँ सिल्क रोडको नयाँ अवधारणा अगाडी सार्नु भएको उल्लेख गर्दै नेपालले भने–‘पुरानो सिल्क रोडले जसरी एसिया र युरोपलाई जोडेको थियो, त्यसरी नै सारा विश्वलाई जोड्ने पहल चिनियाँ नेतृत्वले गर्यो । उहाँ आएपछि यो अवधारणालाई अझ गति प्रदान गर्नुभयो । सिंगो मानवजातीको साझा भविष्यको परिकल्पना गर्दै सबैलाई आर्थिकरुपले लाभ हुने जुन प्रस्ताव अगाडी सार्नुभयो, त्यो अत्यन्तै सहनीय छ ।’ 
कार्यक्रमलाई सम्बोधन गर्दै चीनका लागि नेपालका पूर्व राजदूत लीलामणि पौड्यालले सन् १९६५ मा नेपाल–चीनविच कुटनैतिक सम्बन्ध स्थापना भएयताका विभिन्न महत्वपूर्ण आयामहरुका बारेमा चर्चा गरे । सीमासम्बन्धी सन्धी, पहिलोपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले गर्नुभएको चीन भ्रमणमा भएको व्यापार तथा यातायातसम्बन्धी सम्झौता, बेल्ट एण्ड रोड इनिसियटिभ्समा नेपालको हस्ताक्षर, गणतन्त्र नेपालको पहिलो राष्ट्रपति भ्रमणका रुपमा राष्ट्रपति विद्या भण्डारीले गर्नुभएको चीन भ्रमण र चीनका राष्टपतिबाट २३ वर्षपछि भएको सिको नेपाल भ्रमण दुई देशवीचको सम्वन्धमा कोशेढुंगा भएको उनले बताए ।  चीन विश्वमै उत्पादनको घर र ठूलो व्यापार साझेदार देश भएको उल्लेख गर्दै पूर्व राजदूत पौड्यालले नेपालले चीनबाट लिनसक्ने लाभका विविध पक्षबारे उल्लेख गरे । उनले भने–‘विश्वमा उदयीमान देश चीनजस्तो छिमेकी मुलक चीनबाट लाभ लिन सकेमा नेपालको समृद्धिको लक्ष्य पुरा हुनसक्छ र नेपाल पनि चीनसँगसँगै विकास र समृद्धिको यात्रामा अगाडी बढ्न सक्छ ।’
विश्वमै ठूलो व्यापार साझेदार चीन जस्तो मुलुकको प्रभावशाली नेताको भ्रमण नेपालका लागि तात्वीक र आधारभूतरुपमै भिन्न र विशेष रहेको उनले बताए । त्यतिमात्र नभएर उक्त भ्रमण विश्व परिस्थिति र हाम्रो आन्तरिक कारणले पनि महत्वपूर्ण रहेको उनको भनाई थियो । राष्ट्रपति सी को भ्रमणका बेला चीनका लागि राजदूत समेत रहनुभएका पौड्यालले उक्त भ्रमण गराउँदाका आफ्ना अनुभव पनि बताए ।
कार्यक्रममा नेपाल–चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले चिनियाँ राष्ट्रपतिबाट २३ वर्षपछि भएको सी को भ्रमण नेपालका लागि विशेष दिनका रुपमा रहेको  र यसले द्धिपक्षीय सम्बन्धमा विशेष महत्व बोकेको बताए ।
आज सार्वजानिक गरिएको पुस्तक ‘प्रेसिडेण्ट सि जिङफिङ्स नेपाल भिजिट  अ पिक्टोरियल गाइड’ मा चिनियाँ राष्ट्रपति सी, नेपालका पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, शेरबहादुर देउवा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग उपप्रमुख विष्णु रिजाल, सन योङ / विएम रेग्मी का लेखहरु समावेश छन् । साथै, पुस्तकमा दुई देशका भएका संयुक्त वक्तव्यहरु, दुई देशका उच्चस्तरीय भ्रमणमा भएका सम्झौताहरु, सी भ्रमणका तश्वीर र साथै सी भ्रमणका बेला नेपाली छापा माध्यममा प्रकाशित सामाग्रीहरु पनि समावेश गरिएको छ ।