५ असार २०८३, शुक्रबार
,
Latest
सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो हुन्छ विमानस्थलमा ! काम कहिले कहिले तर भुक्तानी अहिले



अ+ अ-

काठमाडौ । त्रिभूबन अन्तराष्ट्रिय बिमानस्थल नागरिक उड्यन कार्यलयले बिमानस्थल क्षेत्र अन्तर्गत  निर्माण गरिरहेको  चार वटा पानी संकलन केन्द्र अर्थात पानी टयाकीको निर्माण सम्पन्न नहुदै  अग्रीम भुक्तानी दिएको छ । कुल लागत रु ७ करोड ८३ लाखभन्दा बढी रहेको र चार वटा पानी टयाकी निर्माणका लागि  प्राधिकरणसंग शुभ निर्माण सेवा नयाँबजारले संझौता गरि निर्माण गरिरहेको छ । 

जसमध्ये सिभिल ईञ्जिनियरिङ माहाशाखा नजिक दुई वटा टयाकि निर्माणाधीन रहेका छन् भने  कार्गाे भबन नजिक काम नै सुरु भएको छैन । तर ढलान भैसकेको भन्दै अग्रीम भुक्तानी भने भैसकेको छ । 

निर्माण सम्पन्न भै सकेपछि गुणस्तर र तोकिएको मापदण्ड पुरा भएपछि मात्र भुक्तानी गर्नुपर्ने रकम ठेक्का सम्झौतामा सग्लन भएका कर्मचारी प्राधिरणबाट सरुवा हुने भएपछि अग्रीम रुपमा नै भुक्तानी गरिएको श्रोतले जनाएको छ । 

विसं २०७६ असार १६ गते बाट सुरुभै २०७७ असार १५ गते भित्र आयोजना सम्पन्न गरिसक्नु पर्ने भएपनि हालसम्म आयोजनाको काम सकिएको छैन । प्राधिकरणका साइड ईञ्जार्च अञ्जान भट्ट सरुवा हुने भएपछि भुक्तानी गरिएको लेखा शाखामा कार्यरत एक कर्मचारीले जानकारी दिए । 

यता आयोजना प्रमुख हरि अधिकारीले भने आफु भर्खर मात्र जिम्मेबारी सम्हाल्न आएको  र यस बिषयमा गुनासो सुनेकोले थप बुझिरहेको जानकारी दिनुभयो । उता कर्मचारीहरुले महाप्रबन्धक देबेन्द्र केसीलाई यस बिषयमा जानकारी गराउदा समेत कुनै वास्ता नगरेको गुनासो गरेका छन् ।