९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

आज राति आकासमा हेर्नुस, मंगल ग्रह ठूलो र चम्किलो देखिनेछ !

आज राति आकासमा हेर्नुस, मंगल ग्रह ठूलो र चम्किलो देखिनेछ !
अ अ+ अ-

बिबिसी । पृथ्वी सँगसँगै सूर्यको एकैतर्फ देखा परेको मङ्गल हिजोआज सबैभन्दा ठूलो र चम्किलो देखिएको छ। हरेक २६ महिनामा पृथ्वी र मङ्गलको यो जोडी एक अर्कासँग सबैभन्दा नजिक आइपुग्छन् अनि फेरि आ(आफ्नै कक्षमा घुम्दै टाढिँदै जान्छन्।

मङ्गलवार राति त्यो खास क्षण आउनेछ जसलाई खगोलशास्त्रीहरूले ुअपोजिसनु अर्थात् आमनेसामने भन्ने गरेका छन्। यी तीनवटै ग्रह जीएमटी २३स्२० मा एक सीधा लाइनमा हुनेछन्।
तर त्यो हेर्न मध्यरात कुर्नै पर्दैन। रातमा आकाशमा त्यो देखिइहाल्छ। तपाईँ झुक्किनु हुनेछैन। त्यो अति चम्किलो तारा जस्तो वस्तु आकाशमा देखिन्छ,ू खगोल फोटोग्राफर ड्यामियन पीचले बीबीसीलाई भने, ूआकाशमा देखिने यो चम्किलो ताराजस्तो ग्रह सजिलै देखिन्छ।ू

यो हप्ता एकअर्काको आमनेसामने देखिने भए पनि गत हप्ताको मङ्गलवार मङ्गल र पृथ्वी २६ महिनापछि सबैभन्दा नजिक भएका थिए।

तिनीहरू अहिले ६२ करोड ६९ लाख ५७० किलोमिटरको दूरीमा छन्। सन् २०३५ सम्म सबैभन्दा कम दूरी यहीँ नै हुनेछ।

यो भन्दा अघि सन् २०१८ मा आमनेसामने हुँदा पृथ्वी र मङ्गल जम्मा ५८ करोड किलोमिटर टाढा थिए। तर खगोल फोटोग्राफरहरूका लागि यस पटकको मङ्गलको दृष्य विशेष छ किनभने यसको अवस्थितिको उचाइ फोटो खिच्नका लागि उपयुक्त छ।

ड्यामियनजस्ता अनुभवी फोटोग्राफरले ुलक्की इमेजिङ भन्ने तरिका प्रयोग गरेर राम्रो फोटो खिच्छन्। उनीहरूले धेरैवटा फोटो खिच्छन् र सफ्टवेयर प्रयोग गरेर सबैभन्दा राम्रो फोटो निकाल्छन्।

नासाको अन्तरिक्ष यानले मङ्गल ग्रहमा कसरी जीवनको अस्तित्व पत्ता लगाउला नासाले मंगल ग्रहका कम्पनबारे अध्ययन गर्ने
यो रिपोर्टको शुरूमा राखिएको ड्यामिनको तस्बिरमा मङ्गल ग्रहका विभिन्न कुरा देखिएका छन् त्यसमध्ये त्यहाँको पहाड र समथर मैदान देखिन्छ। दक्षिण र उत्तरी ध्रुवको फरक पनि प्रस्ट देखिएको छ।

दक्षिणी ध्रुवको कार्बन डाइअक्साइडको हिउँको थुप्रो पनि प्रष्ट देखिएको छ। यो तस्बिर १४ इञ्च सेलेस्ट्रोन टेलिस्कोप प्रयोग गरेर खिचिएको हो।

ूत्यो विशेष उपकरण हो, ड्यामियन भन्छन्।

ूतर त्यो भन्दा आधा कम क्षमताको टेलिकोस्पमा पनि मङ्गलका विवरणहरू देख्न सकिन्छ। पृथ्वी र मङ्गल आमनेसामने हुने समय पारेर विभिन्न मुलुकले पृथ्वीबाट मङ्गलग्रहतिर अन्तरिक्ष यानहरू पठाउने गर्छन्।

अहिले पनि यस्ता तीन यान मङ्गलग्रहतर्फ पठाइएका छन्। सबै यानहरू जुलाई महिनामा पठाइएका हुन्। पहिलो युनाइटेड अरब एमिरेट्सका होप अर्बिटर, चीनको तीयानवेन अर्बिटर तथा रोवर र अमेरिकाको पर्सिभेरेन्स रोवर।

युरोप र रुसले पनि यान पठाउने योजना बनाएका थिए। तर उनीहरूले समयमा यान पठाउन नसकेकाले सन् २०२२ सम्म कुर्नुपर्नेछ। होप तीयानवेन र पर्सीभेरेन्स फेब्रुअरी महिनामा मङ्गलमा पुग्ने योजना छ।

सन् २००३ मा मङ्गल पृथ्वीको सबैभन्दा नजिक आइपुगेको थियो। त्यसबेला पृथ्वी र मङ्गल ग्रहबीचको दूरी ५६ करोड किलोमिटर मात्र थियो। आमनेसामने हुँदा यी दुई ग्रहबीचको दूरी १०० करोड किलोमिटरसम्म पनि हुन्छ जुन सन् २०१२ मा भएको थियो।

दुई ग्रहबीचको दूरीमा फरकपन चाहिँ यी दुई ग्रहले घुम्ने अण्डाकार कक्षमा भर पर्ने गर्छ। आज मंगल ग्रह र पृथ्वी आमने सामने हुँदैछन् । त्यसैले मंगल ग्रह आज सबैभन्दा चम्किलो र ठूलो देखिने खगोलशास्त्रीहरुले बताएका छन् ।

आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा हुने अमेरिकी अन्तरीक्ष निकाय नासाले जनाएको छ ।

यस घटनालाई खगोलशास्त्रको भाषामा मंगल ग्रहको ‘अपोजिसन’ अर्थात् आमने सामने भनिन्छ । अपोजिसनको यो घटना हरेक २६ महिनामा एक पटक हुने खगोलशास्त्रीहरु बताउँछन् । यसको मतलब अब मंगल ग्रहको अपोजिसन डिसेम्बर २०२२ भन्दा अगाडि हुने छैन ।