७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयमा नृत्य गर्ने क्रममा बेहोस भएकी विद्यार्थीको मृत्यु



अ+ अ-

लमजुङ । बेँसीसहर नगरपालिका– ७ स्थित भूपू सैनिक आवासीय माध्यमिक बोर्डिङ स्कुलमा नृत्य गर्ने क्रममा बेहोस भएकी एक विद्यार्थीको मृत्यु भएको छ ।

कक्षा ८ मा अध्ययनरत दोर्दी गाउँपालिका–८ को ओमबहादुर तामाङकी १४ वर्षीय छोरी बिन्ती तामाङको आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

जिल्ला प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार आगामी पुस २४ गते प्याब्सनको कार्यक्रमको लागि विद्यालयमा नृत्य अभ्यास गर्ने क्रममा अचानक ढलेर बेहोस भएकी उनलाई लमजुङ अस्पतालमा उपचारको लागि ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । मृत्युको कारण भने खुलिनसकेको प्रनाउ श्रीवास्तवले बताउनुभयो ।