२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश…
तपाईं के खोज्दै हुनुहुन्छ ?

०८१ भित्रै देशैभर फोरजी सेवा पुर्याउँदैछौँः मन्त्री गुरुङ



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले २०८१ भित्रै नेपालभर फोरजी सेवा बिस्तार गर्ने लक्ष्य लिएको बताउनुभएको छ ।

शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मन्त्रालयले अहिले देशभर नै फोरजी सेवा राम्रोसँग चल्नसक्ने बनाउन काम गरिरहेको बताउनुभएको हो ।

उहाँले नेपालको सबै घरमा अब फोरजी चालु हुनुपर्ने भन्दै त्यसका लागि सरकारले व्यवस्थापन गरिरहेको बताउनु भयो । उहाँले कतै नेटवर्क टिप्ने र कतै नटिप्ने गुणस्तरहिन नेटवर्क रहेको भन्दै सबैतिर फोरजी नेटवर्क टिप्ने बनाउन लागिपरेको बताउनु भयो । सकेसम्म यही वर्षभित्र फोरजी सबैतिर चल्ने वातावरण बनाउने उहाँको भनाइ छ । सबैको घरमा रेडियो बजोस्, सबैको घरमा टेलिभिजन हेर्न पाइयोस् र सबैको घरमा नेटवर्क टिपोस् भन्नेकुरा नै आजको आधुनिक जमानाको जनताको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आइटी इन्फास्ट्रक्चर नभइकन आइटी हब स्थापना गर्न सकिँदैन । आइटी इन्भेष्टको विकास पनि हुँदैन । पहिलो कुरा त इन्फास्ट्रक्चर बन्नुपर्यो । त्यसको लागि नेपालको सबै घरमा अब फोरजी एक्टिभ हुनुपर्यो । सबै घरमा । अहिले कहीँ टिप्छ, कहीँ टिप्दैन । कहीँ बोल्दा बोल्दै काटिन्छ, कहीँ के हुन्छ रु यस्तो किसिमको अनिस्टेबल, क्वालिटी बिहीन परिस्थिति छ, यसलाई अन्त्य गर्छु भनेर लागेको छु म । यो वर्ष सकिन्छ की सकिँदैन हेरौँ । फोरजी कभरेज नेपालभर, नेपालको हरेक घरमा पुगोस् । हरेक घरमा नेपालको रेडियो बजोस्, हरेक घरमा नेपालको टेलिभिजन हेर्न पाइयोस् । हरेक घरमा बिजुली पुगोस् । हरेक घरमा नेट आओस् । त्यो आजको आधुनिक जमानाको जनताको आवश्यकता हो ।’

मन्त्री गुरुङले देश विकास गर्न योग्य व्यक्तिलाई नागरिकले चुन्नुपर्ने बताउनु भयो । सक्षम व्यक्तिले देशको नेतृत्व नलिएसम्म विकास हुन नसक्ने बताउनु भयो ।




भर्खरै