६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रम ऐनलाई सरकारले समय सापेक्ष बनाएर संशोधन गर्छः श्रममन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम ऐनलाई सरकारले समय सापेक्ष बनाएर संशोधन गर्ने बताउनुभएको छ ।

शुक्रवार मन्त्रालयमा उत्कृष्ट काम गर्ने उद्योग प्रतिष्ठानहरुलाई सम्मान गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले श्रम ऐनलाई समय सापेक्ष बनाउनको लागि सरोकारवालाहरुसँग सल्लाह सुझाव माग गरेको बताउनु भयो । उहाँले श्रम ऐनलाई समसामयिक बनाउन र श्रमिकले पाउने अधिकारको ग्यारेन्टी उद्योग प्रतिष्ठानहरु गर्नुपर्ने बताउनु भयो । उहाँले श्रमिकको सुरक्षा र स्वास्थ सम्बन्धि अधिकारका विषयमा श्रम क्षेत्रलाई व्यवस्थित गर्दै जाँदा मात्रै रोजगारदाता र श्रमिक दुवै पक्षको सुमधुर सम्बन्ध बन्ने बताउनु भयो ।

उहाँले रोजगारदाताहरुले उद्योगमा श्रमिकको सुरक्षा र स्वास्थ्य सम्बन्धि अधिकार सुनिश्चित गर्दा उत्पादन बढ्ने समेत बताउनु भयो । उहाँले श्रमिकले काम गर्ने कार्यस्थलको सुरक्षा र स्वास्थ्यमा पर्ने असरका विषयमा गम्भिर भएर सोच्नुपर्ने बताउनु भयो । उहाँले मुलुकमा रोजगारीको सम्भावना कम भएकाले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले नेपालमा हरेक वर्ष करिव ५ लाख श्रमिकहरु श्रमबजारमा आएपनि १ लाख भन्दा बढी श्रमिकलाई रोजगारी दिनसक्ने अवस्था नभएको बताउनु भयो । उहाँले चार लाख नेपाली श्रमिकहरु हरेक वर्ष बाध्यतात्मक रुपमा वैदेशिक रोजगारीमा जानुपरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सरकारले अहिले श्रम ऐनलाई समय सापेक्ष बनाउने हिसावमा संशोधन गर्ने लागेका छौं । सरकारले स्टेक होल्डरहरुलाई आग्रह गरेका छौं । श्रम ऐनलाई समसामयिक बनाउन र श्रमिकले पाउने अधिकारको ग्यारेन्टी गर्ने र उद्योग,उत्पादनको क्षेत्रलाई अगाडि बढाउने विषयलाई प्राथमिकता दिएका छौँ । श्रमिकको सुरक्षा र स्वास्थ सम्बन्धि अधिकारका विषयमा श्रम क्षेत्रलाई व्यवस्थित गर्दै लिएर जाने हो भने रोजगारदाता र श्रमिक दुवै पक्षको सुमधुर सम्बन्ध र पारिवारिक सम्बन्ध बनाउँछ । रोजगारदाताहरुले उद्योगमा श्रमिकको सुरक्षा र स्वास्थ्य सम्बन्धि अधिकार सुनिश्चित गर्दा उत्पादन समेत बढाउँछ । श्रमिकले काम गर्ने कार्यस्थलको सुरक्षा र स्वास्थ्यमा असरका विषयमा गम्भिर भएर सोच्नुपर्छ । यो मानवजन्य विषयसँग जोडिएको छ । सरकार यो विषयमा गम्भिर छ । मुलुकमा रोजगारीको सम्भावना कम भएको हुनाले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतामा छौं । करिव ५ लाख हरेक वर्ष श्रमिकहरु श्रमबजारमा आएका छन् । १ लाख भन्दा बढी श्रमिकलाई रोजगार दिने अवस्था छैन । चार लाख नेपाली श्रमिकहरु हरेक वर्ष बाध्यतात्मक रुपमा वैदेशिक रोजगारीमा जानुपरेको छ ।’

कार्यक्रममा विभागले आन्तरिक श्रम बजारमा कार्यरत श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको प्रत्याभुतिका लागि अनुकरणीय र असल अभ्यास गर्ने हरेक प्रदेशका एक–एक गरी ७ उद्योग तथा प्रतिष्ठानहरुलाई सम्मान गरेको छ । जसमा कोशी प्रदेशबाट सूर्य नेपाल प्रा।लि,मधेस प्रदेशबाट ब्रिटानिया नेपाल प्रा।लि,वागमती प्रदेशमा युनिलिभर नेपाल प्रा।लि,गण्डकी प्रदेशबाट सूर्य नेपाल प्रा।लि,लुम्बीनी प्रदेशबाट राज ब्रुअरी प्रा।लि,कर्णाली प्रदेशबाट सिद्धार्थ शनि रिसोर्ट र सुदूरपश्चिम प्रदेशबाट वेष्टर्न फिड इ।प्रा।लिलाई विभागले सम्मान गरेको छ ।