२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’



अ+ अ-

काठमाडौँ । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ को नियमित मञ्चन भइरहेको छ । सन्तानसुखको आशामा बसेका आमदम्पतीको मनोदशा, संवेग र कठिनाइको आयामलाई नाटकमार्फत प्रस्तुत गरिएको निर्देशक केदार श्रेष्ठले बताउनुभयो ।

“दम्पतीको सन्तान प्राप्तिको उत्कट चाहना र त्यससँगै आउँने जटिलतामा आधारित नाटकमा मानव जीवनका संवेदना, सहअस्तित्व र प्रेमको कथा प्रस्तुत गरेको छौँ । यसमा घटनाभन्दा पनि त्यसबाट सिर्जित प्रभाव र प्रेमको कथालाई प्रस्तुत गरिएको छ”, निर्देशक श्रेष्ठले भन्नुभयो ।

मङ्सिर २३ गतेसम्म सञ्चालन हुने नाटकमा कार्म र मेनुका प्रधानले दम्पतीको भूमिका निर्वाह गर्नुभएको छ । अभिनेता तथा रङ्गकर्मी दयाहाङ राई निर्माता रहनुभएको नाटक मङ्सिर १६ गतेसम्म सञ्चालन हुने भनिए पनि दर्शकको मागका कारण एकहप्ता समय थप गरिएको लेखक तथा निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।