२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाहपञ्चमीमा अयोध्याबाट आएका जन्तीलाई सम्मान



अ+ अ-

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिकाले विवाहपञ्चमीमा अयोध्याबाट आएका जन्तीलगायत अतिथिहरूलाई सम्मान गरेको छ ।

उमहानगरपालिकाकाले शुक्रवार गरेको समारोहमा भारतको अयोध्याबाट जन्तीका रूपमा आएका अतिथिहरू अयोध्याका मेयर गिरिषपति त्रिपाठी, राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत राय, विश्वहिन्दु परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री राजेन्द्र पंकजलगायतलाई जनकपुरधामका मेयर मनोजकुमार साहले सम्मान गर्नुभएको हो ।

त्यस्तै भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर मानन्धरलगायतलाई पनि सम्मान गरिएको थियो । समारोहमा अयोध्याका मेयर त्रिपाठीले राम भगवानको जन्ती बनेर आउने शौभाग्य पाएकोमा आफू हर्षित भएको बताउनु भयो । त्यस्तै ट्रष्टका महासचिव रायले आफ्नो परम्परालाई बचाएर राख्नुपर्ने बताउनु भयो । समारोहमा जनकपुरधामका नगर प्रमुख साहले त्रेतायुगको परम्परालाई बचाएर राख्न पाउँदा आफूहरू धन्य महसुस गरेको बताउनु भयो ।

समारोहमा सहभागी अयोध्याबाट आएका जन्तीहरूले मिथिलावासीले जनकपुरधाममा देखाएको प्रेम र स्नेहबाट आफूहरू आनन्दित महशुस गरेको बताएका छन् । त्यसक्रममा अतिथिहरूका साथै अन्य साधु सन्तलगायतलाई उपमहानगरपालिकाले भोजनसमेत गराएको थियो ।