५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यालिफोर्नियामा शक्तिशाली भूकम्प, हजारौं मानिस प्रभावित



अ+ अ-

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा गएको शक्तिशाली भूकम्पबाट हजारौं मानिस प्रभावित भएका छन् ।

क्यालिफोर्नियाको केप मेन्डिकिनो आसपास केन्द्रविन्दु भएर ७ म्याग्नेच्युडको भूकम्प गएलगत्तै सुनामीको चेतावनी दिइएको थियो । तर केही समयपछि उक्त अलर्ट हटाइएको छ ।

सुनामीको चेतावनी लगत्तै सान फ्रान्सिस्कोको तटीय क्षेत्र खाली गराइएको थियो । शक्तिशाली भूकम्प पश्चात क्यालिफोर्नियाको हम्बोल्टमा १०औं हजार मानिस अन्धकारमा बस्न बाध्य भएका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत एवं सहायता सामग्री पठाइएको क्यालिफोर्नियाको उत्तरी तटको प्रतिनिधित्व गर्ने राज्य सिनेटर माइक म्याकगायरले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।