१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

प्रधानमन्त्रीको चीन भ्रमणः नेपाललाई १२ अर्ब ४ करोड अनुदान

प्रधानमन्त्रीको चीन भ्रमणः नेपाललाई १२ अर्ब ४ करोड अनुदान
अ अ+ अ-

काठमाडौँ । नेपाल र चीनबीच बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।

चीनको चार दिने चीन भ्रमणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गर्नुभएको पत्रकार सम्मेलन बोल्दै परराष्ट्र मन्त्रालयका कार्यवाहक सचिव अमृतबहादुर राईले यस्तो बताउनुभएको हो ।

उहाँले चार दिने चीन भ्रमणको क्रममा भएको नेपाल र चीनबीच बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्कमा १० आयोजनाहरु रहेको बताउनु भयो । उहाँकाअनुसार उक्त सम्झौतामा टोखा–छहरे सुरुङमार्ग सम्बन्धी पत्र आदान–प्रदान,नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी पत्र आदान–प्रदान,निर्यात सम्बन्धी प्रोटोकल,नौतले वसन्तपुर दरबार पुनःनिर्माण सम्पन्न प्रमाणपत्रको आदान–प्रदान,विकास योजना सम्बन्धी समझदारी पत्र,आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र,नगद सहयोग सम्बन्धी पत्र आदान–प्रदान,स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र नेपाल टेलिभिजन र चिनियाँ सञ्चार समूहबीच सञ्चार प्रविधि सम्बन्धी समझादारी पत्रमा सम्झौता भएको छ ।

चीन भ्रमणका क्रममा चीन सरकारका तर्फबाट वि।स।२०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन करिव २ अर्ब ७० करोडका अतिरिक्त राष्ट्रपति सि चिनफिङले थप अनुदान ५०० मिलियन अर्थात नेपाली रुपैयाँ ९ अर्ब ३४ करोड अनुदान घोषणा भएको जानकारी दिनुभयो । उहाँले भ्रमणका क्रममा भएका सहमतिलाई समेटी नेपाल र चीनबीच संयुक्त विज्ञप्ती जारी गरिएको पनि बताउनु भयो । उहाँले यो पटक नेपालले द्विपक्षीय सहयोगका लागि सम्पर्क सञ्चार,पूर्वाधार निर्माण,कृषि,ऊर्जा,वाणिज्य लगायत क्षेत्रका केही महत्वपूर्ण विकास परियोजनाहरु अघि सारेको पनि बताउनु भयो । चीन भ्रमणले आपसी सहयोग तथा सहकार्य अभिवृद्धि हुँदै जाने अपेक्षा लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘चीन भ्रमणका क्रममा मैले चीनका महामहिम राष्ट्रपति सि चिनफिङसँग भेट गरी दुईपक्षीय हितका विविध विषयहरुमा छलफल गरे । मैले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डल र चीनका प्रधानमन्त्री लि छियाङले नेतृत्व गर्नुभएको चिनियाँ प्रतिनिधिमण्डलबीच द्धिपक्षीय वार्ता सम्पन्न भयो । उक्त वार्ताका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयामहरुमा घनीभुत र हार्दिकतापूर्ण छलफल भयो । चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष चाओ लुचीसँग पनि मेरो भेटघाट र छलफल भयो । बृद्धिजीवी,प्राध्यापक,विद्यार्थी तथा प्रबुद्ध वर्गहरुको उपस्थितिमा बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा आयोजना गरिएको एक प्राज्ञिक कार्यक्रममा मैले प्रमुख वक्ताका रुपमा सम्बोधन गरे । नेपाली राजदुतावास,बेइजिङ,चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद् र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गरेको नेपाल–चीन बिजनेश फोरमलाई मैले सम्बोधन गरे । उक्त अवसरमा नेपालको पर्यटकीय आकर्षण र लगानीको सम्भावनाको चर्चा गर्दै चिनियाँ जनतालाई नेपाल भ्रमण गर्न र नेपालमा लगानी गर्न आह्वान गरेको छु । बेइजिङस्थित नेपाली राजदुताबासले म र मेरो प्रतिनिधि मण्डलको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सहभागी भए ।

सो अवसरमा चीनमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु र चिनियाँ भित्रहरुसँग मेरो संवाद भयो । भ्रमणका अवसरमा नेपाल र चीनबीच बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भयो । बिआरआईअन्तर्गत १० परियोजनाहरु जसमा टोखा–छहरे सुरुङमार्ग सम्बन्धी पत्र आदान–प्रदान,नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी पत्र आदान–प्रदान,निर्यात सम्बन्धी प्रोटोकल,नौतले वसन्तपुर दरबार पुनःनिर्माण सम्पन्न प्रमाणपत्रको आदान–प्रदान,विकास योजना सम्बन्धी समझदारी पत्र,आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र,नगद सहयोग सम्बन्धी पत्र आदान–प्रदान,स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र नेपाल टेलिभिजन र चिनियाँ सञ्चार समूहबीच सञ्चार प्रविधि सम्बन्धी समझादारी पत्रमा सम्झौता भएको छ । चीन सरकारका तर्फबाट वि।स।२०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन करिव २ अर्ब ७० करोडका अतिरिक्त राष्ट्रपति सि चिनफिङले थप अनुदान ५०० मिलियन नेपाली ९ अर्ब ३४ करोड अनुदान घोषणा भएको छ । भ्रमणका क्रममा भएका सहमतिलाई समेटी नेपाल र चीनबीच संयुक्त विज्ञप्ति जारी गरिएको छ । यो पटक हामीले द्विपक्षीय सहयोगका लागि सम्पर्क सञ्चार,पूर्वाधार निर्माण,कृषि,ऊर्जा,वाणिज्य लगायत क्षेत्रका केही महत्वपूर्ण विकास परियोजनाहरु अघि सारेका छौं । यसमा आपसी सहयोग तथा सहकार्य अभिवृद्धि हुँदै जाने अपेक्षा लिएको छु ।’

उहाँले चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सि चिनफिङसँग भेट गरी दुईपक्षीय हितका विविध विषयहरुमा छलफल गरेको जानकारी दिनुभयो । उहाँले नेपाली प्रतिनिधिमण्डल र चीनका प्रधानमन्त्री लि छियाङले नेतृत्व गर्नुभएको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको र उक्त वार्ताका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयामहरुमा घनीभुत र हार्दिकतापूर्ण छलफल भएको जानकारी दिनुभयो । भ्रमणका क्रममा चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष चाओ लुचीसँग पनि मेरो भेटघाट भएको बताउनु भयो ।