२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकले अर्कोलाई स्वीकारेर रचनात्मक बनौँः अध्यक्ष बस्नेत



अ+ अ-

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा विग्रह र नकारात्मक चिन्तन कम हुँदै गएको बताउनुभएको छ ।

बिहीवार स्वर्गीय अनिता आचार्यको स्मृति दिवसमका अवसरमा ‘संसार तिमीलाई’ गीतको लोकार्पण समारोहमा बोल्दै अध्यक्ष बस्नेतले यस्तो बताउनुभएको हो ।

उहाँले समाजमा सबै बिग्रियो भनेर मात्र जान नहुने भन्दै सकारात्मक चिन्तन लिएर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले एकले अर्कालाई नस्विकार्ने, एकले अर्कालाई गाली गर्ने संस्कृतिलाई छोडेरे रचनात्मक बन्नुपर्नेमा जोड दिनुभयो । समाजमा शान्ती कायम गर्नसके मात्र समाजको विकास गर्न सकिने भएकाले घर—घरबाट शान्ती खोज्नुपर्ने बताउनु भयो ।

अध्यक्ष बस्नेतले भन्नुभयो, ‘अहिले पारिवारिक कलह, समाजमा विग्रह, नकारात्मक चिन्तन कम हुँदै गएको छ । हामीले महशुस गर्नेगरी कम हुँदै गएको छ । हामीले सबै बिग्रियो भन्नेतिर मात्र जानु हुँदैन । एकले अर्कालाई नस्वीकार्ने, एकले अर्कालाई गाली मात्र दिने जुन संस्कृति छ त्यसलाई छोडेर हामी रचनात्मक बन्नुपर्छ । घरघरबाट शान्ती खोज्नुपर्दछ । शान्ती खोज्न परिवार टोल, समाज, समुदाय हामी सबै एक ठाउँमा उभिनुपर्दछ । नेपाली संस्कृति अहिले हराउँदै गएको छ । यसले कसलाई फाइदा भएको छ? त्यही भएर यो गीत लेख्न उहाँ बाध्य हुनुभयो होला । यदि हामी आफ्नो संस्कृति र संस्कारमा हुर्किरहेको भए । संस्कार संकटमा नपरेको भए उहाँले यो गीत नगाउन पनि सक्नुहुन्थ्यो होला ।’

उहाँले प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालहरुको निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै सामाजिक सद्भाव भड्काउने क्रियाकलाप गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउने समेत बताउनु भयो ।