१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

नेपालले बौद्धिक पलायनको समस्या भोगिरहेको छः अध्यक्ष भट्टराई

नेपालले बौद्धिक पलायनको समस्या भोगिरहेको छः अध्यक्ष भट्टराई
अ अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा रहेका विषयविज्ञ र प्राविधिकहरुको सही सदुपयोग गर्न नसक्दा नेपालले बौद्धिक पलायनको गम्भिर समस्या भोगिरहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित ‘आर्कविल्ड एक्स्पो २०२४’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल जस्तो विकासशील र विकासोन्मुख देशमा विकास निर्माण सँगसँगै हुने पर्यावरणीय समस्याहरुको समाधान गर्न प्रविधि र विषय विज्ञहरुको अधिकतम प्रयोग गर्नुपर्ने बताउनु भयो । उहाँले आर्किटेक्टले मानवजातीको विकास र भौतिक प्रगति मात्र नभई कला, संस्कृति र सम्पदाको समेत प्रतिनिधित्व गर्ने भएकाले यसलाई पेशाको रुपमा नभई अभियानको रुपमा अंगाल्नुपर्ने बताउनु भयो । अध्यक्ष भट्टराईले आर्किटेक्टलाई समयानुकुल सदुपयोग गरी आफ्नै देशमा जनशक्ति परिचालन गर्नुपर्ने बताउनु भयो ।

अध्यक्ष भट्टराईले भन्नुभयो, ‘आर्किटेक्टले मानवजातीको विकास र भौतिक प्रगति मात्र होइन कला, संस्कृति लगायत क्षेत्रको प्रतिनिधित्व पनि गर्दछ । यो पेसा सामान्य जीवनयापनको पेशा मात्र नभएर समग्र सभ्यतालाई अभिवृद्धि गर्ने महान अभियान र कर्म पनि हो । तर दुःखका साथ भन्नुपर्छ हाम्रा जस्तो अल्पविकसित देशले देशमा रहेका विषयविज्ञहरु, प्राविधिकहरुको सही सदुपयोग गर्न नसक्दा हामो जस्तो गरिव देशले ब्रेन डे«न अर्थात बौद्धिक पलायनको गम्भिर समस्याहरु भोग्नु परिरहेको अवस्था छ ।’

‘त्यसअर्थमा आर्किटेक्टहरु प्लानरहरुको अगामी दिनमा हाम्रो जस्तो विकासशील र विकासोन्मुख देशले र पर्यावरणीय हिसावले पनि पहाड, हिमाल र तराई भएको विविधतायुक्त देशमा अगामी दिनमा विकास निर्माण सँगसँगै हुने पर्यावरणीय समस्याहरुलाई, प्रविधिहरुले ल्याएका चुनौतिहरुको समेत सामना गर्नुपर्ने कुरामा आर्किटेक्ट जस्तो पेशालाई समयानुकल सदुपयोग गरेर आफ्नै देशमा त्यो जनशक्तिलाई परिचालन गर्दै जानुपर्दछ । नेपाल राज्य आफैँ नै पूर्वी र पश्चिमी सभ्यताको बीचमा रहेको छ । संसारभर रहेका संस्कृति र भाषाका हाँगाहरु यहाँ छन् ।’

अध्यक्ष भट्टराईले नेपालमा संसारभर रहेका संस्कृति र भाषाका हाँगाहरु रहेको बताउनु भयो ।