२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधाम अयोध्यावासीका लागि पूजनीय स्थानः चम्पत राय



अ+ अ-

काठमाडौँ । रामजन्म भूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत रायले अयोध्यावासीका लागि पूजनीय स्थान जनकपुरधाम रहेको बताउनुभएको छ ।

विवाहपञ्चमीको अवसरमा बिहीवार जनकपुरधाम आइपुग्नुभएका महासचिव रायले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले अयोध्या र जनकपुरधामबीच अटुट सांस्कृतिक सम्बन्ध रहेको पनि बताउनु भयो । महासचिव रायले लोककल्याणका लागि भगवान विष्णुले रामको रूपमा जन्म लिनुभएको र माता सीता आदिशक्ति भएको बताउनु भयो ।

महासचिव रायले भन्नुभयो, ‘सीताजीको स्थान भएकाले जनकपुरधाम अयोध्यावासीका लागि अत्यन्तै पूजनीय स्थान हो । त्यस्तै जनकपुरवासीको बहिनी अर्थात सीताको विवाह अयोध्यामा भएकाले पनि दुवै स्थानबीच सांस्कृतिक सम्बन्ध छ । हिमाचलमा जन्मिएपछि पार्वती भनियो भने राजा दक्षको घरमा जन्मिँदा सति र राजा जनकको पुत्रिका रूपमा जन्मिएपछि सीता भनियो ।’

यसपटक विवाहपञ्चमी महामहोत्सवमा अयोध्याबाट करिव पाँच सय जना जन्ती जनकपुरधाम आएका छन् ।