२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधाम अयोध्यावासीका लागि पूजनीय स्थानः चम्पत राय



अ+ अ-

काठमाडौँ । रामजन्म भूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत रायले अयोध्यावासीका लागि पूजनीय स्थान जनकपुरधाम रहेको बताउनुभएको छ ।

विवाहपञ्चमीको अवसरमा बिहीवार जनकपुरधाम आइपुग्नुभएका महासचिव रायले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले अयोध्या र जनकपुरधामबीच अटुट सांस्कृतिक सम्बन्ध रहेको पनि बताउनु भयो । महासचिव रायले लोककल्याणका लागि भगवान विष्णुले रामको रूपमा जन्म लिनुभएको र माता सीता आदिशक्ति भएको बताउनु भयो ।

महासचिव रायले भन्नुभयो, ‘सीताजीको स्थान भएकाले जनकपुरधाम अयोध्यावासीका लागि अत्यन्तै पूजनीय स्थान हो । त्यस्तै जनकपुरवासीको बहिनी अर्थात सीताको विवाह अयोध्यामा भएकाले पनि दुवै स्थानबीच सांस्कृतिक सम्बन्ध छ । हिमाचलमा जन्मिएपछि पार्वती भनियो भने राजा दक्षको घरमा जन्मिँदा सति र राजा जनकको पुत्रिका रूपमा जन्मिएपछि सीता भनियो ।’

यसपटक विवाहपञ्चमी महामहोत्सवमा अयोध्याबाट करिव पाँच सय जना जन्ती जनकपुरधाम आएका छन् ।




भर्खरै