२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई बिहानै चितवनबाट पोखरा नै लगियो



अ+ अ-

काठमाडौं । सहकारी ठगी प्रकरणमा चितवन प्रहरीमा बयान सकिएपछि रवि लामिछानेलाई आज बिहानै पोखरा लगिएको छ ।

चितवनको साहारा सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उनलाई बयान लिन पोखराबाट चितवन ल्याइएको थियो । दुई दिनसम्म भएको बयान सकिएपछि आज पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

लाामिछानेलाई मंगलबार बिहान चितवन ल्याएर हिजो बुधबार राति नौ बजेसम्म बयान लिइएको थियो ।

आज बिहानै उनलाई पोखरा पठाइएको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए । लामिछानेलाई कात्तिक २ मा कास्की प्रहरीले पक्राउ गरेको थियो ।

सहकारी प्रकरणमा बारेमा बयानका लागि लामिछानेलाई रूपन्देही र काठामाडौं पनि लगिएको छ । यसै विषयमा अनुसन्धान गर्न पर्सा प्रहरीले पनि पक्राउ पुर्जी जारी गरिसकेको छ ।