१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

उपनिर्वाचनको परिणाम सकारात्मकः महामन्त्री शर्मा

उपनिर्वाचनको परिणाम सकारात्मकः महामन्त्री शर्मा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह उपनिर्वाचनको नतिजालाई सकारात्मक रुपमा लिएको बताउनुभएको छ ।

महामन्त्री शर्माले उपनिर्वाचन परिणामलाई पार्टीले उत्साहका रुपमा लिएको बताउनुभएको हो । उहाँले लोकतान्त्रिक प्रक्रियामा उपनिर्वाचन हुँदा पनि मतदाताको उत्साहजनक सहभागिता, राजनीतिक दलहरुले पाएको मत, प्रणालीप्रति जनताका विश्वास र यही प्रणालीबाट समुन्नतिको बाटोमा हिँड्नुपर्छ भनेर राजनीतिक दलहरुलाई घच्घच्याएको जनादेशलाई पुनर्ताजगी गरेको रुपमा बुझेको बताउनु भयो । पार्टीले उपनिर्वाचनको प्रारम्भिक समिक्षा सार्वजनिक गरिसकेको उल्लेख गर्दै उहाँले उपनिर्वाचन भएका प्रत्येक वडा र पालिकामा अगाडिको निर्वाचन र पछिल्लो निर्वाचनको अंकगणित के रह्यो रु भन्ने विषयमा पार्टी सचिवालय गम्भिर समिक्षामा लागेको बताउनु भयो । उपनिर्वाचन भएका ४४ स्थानमध्ये १९ स्थानको नतिजा आफ्नो पक्षमा आएको उल्लेख गर्दै उहाँले एक्लै लडेर प्राप्त गरेको गुणात्मक मत अझै महत्वपूर्ण भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय तहको उपनिर्वाचनको परिणामले स्वाभाविक रुपमा अगामी दिनहरुको लागि समिक्षा र विश्लेषण गर्ने रुपले महत्वपूर्ण छ । नेपाली काँग्रेसले हरेक चुनावलाई महत्वका साथ लिन्छ । कुनैपनि चुनावमा आफ्नो पार्टीको तर्फबाट लाग्ने एफोर्ट दिन्छ । कुनैपनि चुनावलाई खेलाँचीको रुपमा लिँदैन । पार्टीले उपनिर्वाचको तयारीका लागि मलाई जिम्मेवारी दिएपछि हामी तिहारपछि तयारीमा लागेका थियौं । पार्टीका सबै साथीहरु सम्भव भएसम्म सबै जुट्नुभयो । अहिले परिणाम आइसकेपछि हामी प्राम्भिक समिक्षा धारण पनि प्रश्तुत गरिरहेका छौं । प्रत्येक वडा र पालिकामा गम्भिर रुपमा अगाडिको निर्वाचन र पछिल्लो निर्वाचनको अंकगणित के रह्यो ? उपलब्धी हुँदै गर्दा कसरी भयो ? गुम्दै गर्दा कसरि गुम्यो? भन्नेकुरा हामो सचिवालयले तथ्यांकसहित सबै तयारी गरिरहेकै छ ।

अहिले प्रारम्भिक रुपमा भनिरहँदा लोकतान्त्रिक प्रक्रियामा उपनिर्वाचन हुँदा पनि यो प्रक्रियामा मतदाताको उत्साहजनक सहभागिता र मुख्य राजनीतिक दलहरुले पाएको मत, प्रणालीप्रतिको विश्वास, यही प्रणालीबाट समुन्नतिको बाटोमा हिँड्नुपर्छ भनेर राजनीतिक दलहरुलाई घच्घच्याएको जनादेशलाई पुनर्ताजगी गरेको रुपमा हामीले बुझेका छौं । नेपाली काँग्रेस पार्टीले अहिलेको चुनावमा कहाँ कमजोरी भयो त्यसको पनि समिक्षा गर्दैछ । के उपलब्धि भयो रु त्यसलाई पनि विश्लेषण गर्दैछ । उपनिर्वाचन परिणामलाई हामीले उत्साहका रुपमा लिएका छौं । सकारात्मक रुपमा लिएका छौं । यदी गणितीय हिसावमा जाने हो भने नेपाली काँग्रेसले ४४ स्थानमध्ये २७ वटा स्थानमा निर्वाचित भएको थियो । अहिले १९ ठाउँमा विजयी भयो । गणितीय व्याख्या गर्दा कम विजयी भएको देखिन्छ । ४४ स्थानमा १९ स्थान भनेको ४३ प्रतिशत जितेको अवस्था हो । त्यसका बाबजुद पनि नेपाली काँग्रेसले तत्कालिन चुनावको परिस्थिति, मनोविज्ञान, त्यसबेलाका समिकरण र अहिलेको परिस्थिति, मनस्थिति र समिकरणलाई हेर्ने हो भने गुणात्मक रुपले यो महत्वपूर्ण छ । गत निर्वाचनमा हामी कहीँ माओवादीसँग गठबन्धन गरेर लडेका थियौं, कँही नेकपा एकीकृत समाजवादीसँग हाम्रो समिकरण थियो । गठबन्धन गरेर प्राप्त गरेको २७ वटा सिटभन्दा गठबन्धन नगरिकन प्राप्त भएको १९ सिट विशेष रुपले महत्वपूर्ण छ ।’

महामन्त्री शर्माले पार्टीको महासमिति बैठकबाट एक्लै चुनाव लड्ने प्रश्ताव पारित गरेको भएपनि केही ठाउँहरुमा आत्मियताका आधारमा मिलेर जानु स्वाभाविक भएको बताउनु भयो ।