९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

झलनाथ खनाल फाउन्डेसनले सर्पको विषको नाममा सरकारी रकमको दुरुपयोग

झलनाथ खनाल फाउन्डेसनले सर्पको विषको नाममा सरकारी रकमको दुरुपयोग
अ अ+ अ-

काठमाडौं । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको एन्टिभेनम उत्पादन तथा अनुसन्धान केन्द्रले सरकारी रकमको दुरुपयोग गरेको छ। सो परियोजनाका लागि दिइएको ठूलो परिमाणको रकम एन्टिभेनम उत्पादनमा परिचालन गर्नुको सट्टा विलासी वस्तु खरिदमा खर्च भएको पाइएको छ। नागरिकलाई प्राप्त कागजातअनुसार ठुलो परिमाणको रकम मोटरसाइकल, सवारीसाधन, मोबाइल, विद्युतीय सामग्री खरिदलगायतमा दुरुपयोग भएको पाइएको हो।

संस्थाले ४९ लाख रुपैयाँबराबरका सवारीसाधन खरिद गरिसकेको छ। त्यस्तै संस्थाले विद्युतीय सामग्री खरिदमा १४ लाख, कार्यालय सामग्रीका लागि १३ लाख र सवारीसाधान भाडा र इन्धनबापत १० लाख रुपैयाँ खर्च गरिसकेको छ। सर्लाहीको लालबन्दी नगरपालिकाबाट १७ करोड ८० लाख रुपैयाँ प्राप्त गरेको संस्थाले विलासी सामग्री र प्रशासनिक गतिविधिमा ठूलो रकम खर्च गरेको छ।

केन्द्रले ३ लाख ४२ हजार ९० रुपैयाँ सवारीसाधान मर्मतमा खर्च गरेको छ। त्यस्तै ३१ हजार ७८ रुपैयाँ मोबाइल फोनमा, तीन लाख ६० हजार चार सय ९८ रुपैयाँ एसी खरिद र तीन लाख १२ हजार रुपैयाँ क्यामरा खरिदमा खर्च गरेको छ। केन्द्रले फर्निचर खरिद र कार्यालय सजावटमा पनि ठूलो रकम खर्च गरेको छ। फर्निचर खरिद र कार्यालय सजावटमा १९ लाख रुपैयाँ खर्च गरिएको छ।

यस विषयमा अनुसन्धान केन्द्रका प्रमुख रेवती पन्तसँग जिज्ञासा राख्दा उनले कोष दुरुपयोग नभएको दाबी गरे। ‘केन्द्रको एक मात्र उद्देश्य एन्टिभेनम उत्पादन गर्नु हो। त्यसका लागि पहिले कार्यालय व्यवस्थापनको आवश्यक पर्छ। हामीले सकेसम्म न्यून मूल्यमा आवश्यक सामग्री खरिद गरेका छौं,’ उनले भने।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले स्थापना गरेको सो संस्थाले संघीय सरकारबाट ७२ करोड रुपैयाँको प्रतिबद्धता पाएको छ। सर्लाहीको लालबन्दीमा केन्द्र रहेको खनाल फाउन्डेसनले प्रदेश र स्थानीय सरकारबाट करोडौं रुपैयाँको प्रतिबद्धता प्राप्त गरेको छ। ‘केन्द्र सरकारले दिने भनेको ७२ करोड रुपैयाँ विभिन्न किस्तामा ५ वर्षको अवधिमा केन्द्रको खातामा जम्मा हुन्छ,’ प्रमुख पन्तले भने।

 उनले केन्द्रले आवश्यक पर्ने व्यक्तिलाई मात्र नियुक्त गरिएको दाबी गरे। ‘सो रकम पार्टीका कार्यकर्तालाई बाँडिने छैन, केन्द्रको एउटा मात्र उद्देश्य सर्पको टोकाइबाट हुने मृत्युलाई घटाउँदै लैजाने हो,’ उनले थपे। केन्द्रले पछिल्लो ५ वर्षको अवधिमा सरकारबाट कार्यालय स्थापना, पूर्वाधार निर्माणलगायत कामका लागि १९ करोड ५ लाख रुपैयाँ प्राप्त गरिसकेको छ। तर अधिकारीहरू भने सो रकम अनुसन्धान र स्थलगत भ्रमणमा खर्च भएको दाबी गर्छन्। संस्थाले वर्षौंदेखि एन्टिभेनम उत्पादन गर्ने दाबी गर्दै आए पनि नतिजामा भने काम भएको देखिएको छैन।

 तर उक्त परियोजनाका लागि करोडौं सरकारी रकम खर्च भइसकेको छ। तर पन्त भने सरकारी रकम दुरुपयोग नभएको र खर्च विवरणको सरकारले नजिकबाट अनुगमन गरिरहेको बताउँछन्। उनी सबै खरिद प्रक्रिया स्थानीय सरकारको अनुमतिबाट मात्र हुने र एन्टिभेनम उत्पादन सुरु भएसँगै केन्द्रलाई सरकारले नै चलाउने बताउँछन् । नागरिक दैनिकमा समाचार छ ।