२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

०८४ अघि नै राप्रपाले देशको नेतृत्व गर्नसक्छः अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले ०८४ अघि नै सरकारको नेतृत्व राप्रपाले लिनसक्ने बताउनुभएको छ ।

आईतवार बिर्तामोड नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताउनुभएको हो । उहाँले राप्रपाले अब क्रियाशिलता बढाउनुपर्ने समय आएको बताउनु भयो । उहाँले पर्खिने, हेर्ने छुट राप्रपालाई नरहेको भन्दै राप्रपाले अब मुलुकको नेतृत्व लिने समय आएको बताउनु भयो ।

उहाँले सकेसम्म ०८४ अगाडि नै र नभए ०८४ को निर्वाचनबाट देशको ठूलो राजनीतिक शक्ति बनेर मुलुकको नेतृत्व गर्ने दाबी गर्नुभयो । उहाँले नेपाली काँग्रेस— नेकपा एमाले मिलेर बनाएको सरकारबाट पनि नागरिकहरु खुशी नरहेको भन्दै अब राप्रपाले सरकारको नेतृत्व गर्ने बेला आएको बताउनु भयो । सरकारका प्रधानमन्त्री र मन्त्रीहरु चाहेको ठाउँमा जानसक्ने स्थिति नरहेको बताउनु भयो । काँग्रेस— नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र० उनीहरुकै क्रियाकलापबाट जनताको नजरमा अलोकप्रिय भएको भन्दै जनताले अब तीन वटै पार्टीलाई पूर्ण रुपमा चिनेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले आफ्नो क्रियाशिलता बढाउनुपर्ने समय आयो । हेर्नुस्, हामीले अब पर्खिने, हेर्ने र हेरौँ न भन्ने छुट हामीलाई छैन । अब यो मुलुकको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्नुपर्छ । प¥यो भने बीचमै, भएन भनेपनि ०८४ भन्दा त उता हामी जानै हुँदैन । ०८४ मा त राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व गर्ने हो गर्ने हो । आज काँग्रेस, एमाले मिलेर बनेको सरकारको नेताहरु जनताको बीचमा जान सकिरहेका छैनन् । काँग्रेस र एमाले मिलेर सरकार बनाउँदा त प्रधानमन्त्री जहाँ गयो जनताले त्यहीँ मुर्दावाद भनिरहेका छन् । अब प्रधानमन्त्री, मन्त्रीहरुले आफूले चाहेको बेलामा, चाहेको ठाउँमा जानसक्ने परिस्थिति बनेको छैन भने देशले के खोजिरहेको छ, त्यो स्पष्ट छ । काँग्रेस, एमाले, माओवादी यो तहको अलोकप्रिय भए र यिनीहरुको क्रियाकलापबाट जनता पूर्ण रुपमा परिचित भए भने अब आउने दिनमा ०८४ को चुनावमा राप्रपा पहिलो पार्टी नभएर कुन चाहीँ पार्टी पहिलो हुन्छ त ल भन्नुस् त ।’

अध्यक्ष लिङदेनले राप्रपाले आफ्नो शक्ति चिन्न नसकेको बताउनु भयो ।




भर्खरै