२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सकका माग प्रति सकारात्मक छौ: अर्थमन्त्री पौडेल



अ+ अ-

बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले चिकित्सकहरुले उठाएका मागहरु प्रति सरकार सकारात्मक रहेको बताउनु भएको छ ।

राष्ट्रिय चिकित्सक संघ नेपाल लुम्बिनी प्रदेशको तेस्रो महाधिवेशनको बुटवलमा उद्घाटन गर्दे अर्थमन्त्री पौडेलले अर्थतन्त्रको आकार अनुसार नै चिकित्सकहरुको सेवा सुबिधा बृद्धि गर्न सरकार सकारात्मक रहेको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘चिकित्सकहरुले उठाएका माग प्रति सरकार नकारात्मक छैन तर देशको अर्थव्यवस्था सुधारउन्मुख हुदै गरेकोले सबै माग एकै पटक पुरा गर्न कठिन हुन्छ, प्राथाकिताका आधारमा पुरा गर्दे जान्छौ ।’ उहाँले चिकित्सा शिक्षा आयोगले आवासीय चिकित्सकको न्यूनतम पारिश्रमिक ४८ हजार बनाउन सिफारिस गरेको उल्लेख गर्दे सरकार त्यसमा पनि सकारात्मक रहेको जानकारी गराउदै के कति गर्न सकिन्छ त्यसमा गृहकार्य भै रहेको बताउनु भयो।

महाधिवेशनले डा समीर आचार्यको अध्यक्षतामा २१ सदस्यीय प्रादेशिक कमिटी गठन गरेको छ । संघको उपाध्यक्षमा डा रमेश भट्टराई र डा पुष्पराज रिजाल चयन हुनु भएको छ । संघको महासचिबमा डा साम्रट पराजुली, कोषाध्यक्षमा डा।अमृता पाण्डे , उपसचिवमा डा किर्तिपाल सुबेदी, चयन हुनु भएको छ । यसैगरी संघको सदस्यहरुमा डा युधिष्टिरराज खड्का , डा खगेन्द्र अचार्य , डा अरुण ज्ञावली , डा बिनोद सिह, डा परिधि भट्टराई ,डा।कृष्ण खरेल ,डा सुवास शर्मा, डा।संगीता अधिकारी , डा सिाल काफले ,डा राजेन्द्र पौडेल , र डा जितेन्द्र कोईराला चयन हुनु भएको छ ।