२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालु वर्ष १ करोड ७० लाख संकलन हुने मुक्तिनाथ विकासको प्रक्षेपण



अ+ अ-

मुस्ताङ । मुक्तिनाथ विकास समितिले चालु वर्ष १ करोड ७० लाख रकम संकलन हुने प्रक्षेपण गरेको छ । समितिले चालु आर्थिक वर्षभरीमा मुक्तिनाथ मन्दिरमा भेटी रकम र सरकारी तथा गैर सरकारी संस्थाबाट प्राप्त अनुदान जोडेर उक्त बजेट प्रक्षेपण हुने अनुमान गरेको हो ।

समितिले सार्वजनिक गरेको आर्थिक प्रतिवेदन प्रक्षेपण अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ मा उक्त रकम कोषमा संकलन हुने आशाा गरेको हो । चालु वर्षको साउनदेखि असारसम्ममा भक्तजनले चढाएको दान—भेटीबाट ५० लाख, कर्मचारीले उठाएको चन्दा रसिद र क्यूआरकोर्ड बाट दान गरेको भेटीदान गरी १ करोड ,सरकारी अनुदान १० लाख र गैरसकारी अनुदानबाट १० लाख गरी मुक्तिनाथ विकास समितिको कोषमा १ करोड ७० लाख रकम संकलन अपेक्षा गरेको छ ।

यसैगरी चालु आर्थिक वर्ष २०८१/०८२ मा मुक्तिनाथ विकास समितिको कोषबाट २९ लाख ३० हजार रुपैया खर्च हुनेछ । समितिको प्रस्ताविक आर्थिक प्रतिवेदन अनुसार मुक्तिनाथ विकास समितिले खटाएको कर्मचारीको पारिश्रमिक तथा तलब भत्ता वापत १५ लाख, कर्मचारी पोषाक खर्च ५० हजार, पदाधिकारी तथा कर्मचारीको दैनिक भ्रमण भत्ता खर्च २ लाख, विद्युत खर्च २ लाख, खानेपानी खर्च २० हजार, ईन्धन खर्च १० हजार, बैठक खर्च यातायात,आवासमा २ लाख, मसलन्द कार्यालय सामग्री खर्च १ लाख, अन्य ईन्धन २ लाख,सरसफाई खर्च १ लाख ५० हजार र विविध खर्च १ लाख गरी २७ लाख ३० हजार खर्च हुने अनुमान गरेको हो ।

यस्तै, मुक्तिनाथ विकास समितिले चालु आर्थिक वर्षमा पुँजिगत खर्च २ लाख गर्ने अनुमान गरेको छ । समितिले फर्निचर व्यवस्थापनमा १ लाख र मेशिनरीतर्फ १ लाख रकम खर्च गर्न सकिने जनाईएको छ ।

 




भर्खरै