काठमाडौं । बैंकर अनिल केसरी शाहलाई शनिबार गरिएको पीसीआर परीक्षणमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ । उनले गत बुधबार पनि पीसीआर परीक्षण गरेका थिए तर त्यतिबेला भने उनको रिपोर्ट नेगेटिभ आएको थियो ।
उनलाई गन्ध थाहा नपाउने लक्षण रहेका कारण डाक्टरहरुले उनलाई आइसोलेसनमा नै बस्ने सुझाव दिएका थिए । तसर्थ उनलाई आइसोलेसनमा रहेको बेला शनिबार पुनः परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
शाहले आफूलाई गन्ध थाहा नपाउने बाहेक अन्य कुनै लक्षण नरहेको र घरमा नै आइसोलेसनमा रहने बताएका छन् ।











