९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

जीवन सहज रूपमा बिताउन चाहानु हुन्छ? यी कुराहरू पढ्नुस्,मनन गर्नुस्

जीवन सहज रूपमा बिताउन चाहानु हुन्छ? यी कुराहरू पढ्नुस्,मनन गर्नुस्
अ अ+ अ-

जीवन सहज रूपमा बिताउन चाहानु हुन्छ? यी कुराहरू पढ्नुस्,मनन गर्नुस्, स्वीकार गर्नुस् ( यस कारण कि अस्वीकार गर्नुको कुनै अर्थ छैन, अस्वीकार गरेकै आधारमा सत्य बदलिँदैन) र परिस्थिति आई पर्दा लागू गर्नुस्।

१) जो जन्मन्छ, उसको मृत्यु हुन्छ।

-यसमा किन्तु परन्तु भन्ने अवस्था रहन्न। विश्वका शक्तिशाली मानिस पनि मरेका छन्, सबैभन्दा धनी पनि मरेका छन्, गरीव पनि मरेका छन्।

२) मानिसको आयु कति हुन्छ? के कारणले मर्छ? कहाँ मर्छ? कस्तो अवस्थामा मर्छ? यी सबै अनुत्तरित मात्रै होइनन्, रहस्यमय छन्। थाहा नहुनु पनि एक किसिमको बरदान नै हो। जन्मेकै दिन पनि मरेका छन्, केही दिन बाँचेर मरेका छन्, केही वर्षमा मरेका पनि छन्, युवा पनि मरेका छन्,१०० वर्ष जति पनि बाँचेका छन्। हामीले देखेकै छौँ नि।

३) जीवन भरी निरोगी भएर बाँचिन्छ वा रोग लाग्छ? उपचार पाइन्छ वा पाइन्न? उपचारले बचाउँछ वा बचाउन सक्दैन? यी सबै पनि अनुत्तरित मात्रै होइनन्, रहस्यमय छन्।अहिले सम्म सबै ठीक भएको मानिस अचानक स्वास्थ्य समस्या आएर अस्पताल जान पर्ने हुन सक्छ, मृत्यु हुन सक्छ। हामीले देखेकै छौँ नि यस्ता घटना।उपचारले मात्रै बचाउन सक्ने भए धनी मानिसहरू जो सुबिधासम्पन्न अस्पतालमा उपचार गराउन सक्छन् न मर्नु पर्ने हो, तर तेस्तो देखिएको छैन।

४) आहार,विचार,व्यवहार आदिको भूमिका कस्तो हुन्छ? निरोगी रहन? दीर्घजीवि हुन? यसको पनि कुनै विश्वसनीय आधार देखिन्न। सम्भावना बढी वा घटी भन्न सकिएला। तर किटान गर्न सकिन्न। कहिल्यै रक्सी नपिएको मानिस कलोजो बिग्रेर मरेको छ, निरन्तर रक्सी पिउने मानिस दीर्घजीवि पनि देखिएको छ, तेस्तै धुम्रपानको असरमा पनि देखिन्छ। रूखबाट झर्ने स्याउ तल खस्छ भने जस्तो भौतिक सिद्धान्त प्रतिपादन गर्न नसकिने रहेछ।

सबैलाई त्रसित गराएको कोरोना बारे पनि चर्चा गरौँ-

१) कोरोनाले संक्रमण हुन पनि सक्छ , नहुन पनि सक्छ। अग्रपङ्क्तिमा काम गर्ने मा सम्भावना बढी र घरमा बस्नेमा कम होला तर त्यो सत् प्रतिशत सत्य नहुन सक्छ। अनुभव त्यस्तै छ। संगै सुतेकालाई नसरेको तर घरका अरूलाई सरेको घटनाहरू पनि सुनिएकै छ, भोगिएकै छ। सम्भावनाको खेल हो।होसियार हुनुस्। तपाईले गर्न सक्ने यत्ति मात्रै हो। तर थाहा भएर पनि मानिस वेहोसीमा रहेको पनि हामीले देखेकै छौँ।

२) कोरोना संंक्रमण र लक्षण-लक्षण देखिन नि सक्छ, नदेखिन नि सक्छ। लक्षण नदेखिएकाबाट सर्ने सम्भावना अति न्यून हुन्छ भनेर त विश्व स्वास्थ्य संगठनले भनी नै सक्यो। त्यसैले आतंकित नबनौँ।

३) लक्षण छैन-पिसिआर टेष्ट नगराऔँ। अस्पताल जाने कुरै भएन। सामान्य लक्षण छ-घरमै आइसोलेसन मा बसौँ-कति जना नेपाली घरमा सुरक्षित आइसोलेसनमा बस्ने हैसियत राख्छन्? सरकारले प्रदान गरेको आइसोलेसन को सुविधाको अवस्था पत्रिका पढेर थाहा भएकै होला।

४) कडा लक्षण देखियो, सहन गार्‍हो भयो, अस्पतालले के सेवा दिन सक्छ? सरकारी अस्पताल कि निजि अस्पताल? कति पैसा खर्च गर्ने हैसियत छ? सबै सोचौँ। सुनिन्छ उपचार छैन रे तर लाखौँ को बिल आउँछ रे।प्रभावहीन औषधी चलेको छ रे। यति धेरै खर्च गरेर बाँच्ने कुनै सुनिस्चितता पनि छैन। न यो रोगमा न अन्य सामान्य अवस्थाको रोगमा।

सारांशमा भन्नु पर्दा-रोग, र आयु माथि मानिसको पूर्ण नियन्त्रण छैन।चिकित्सा विज्ञानले पनि सक्दैन। यो तथ्य स्वीकार गरौँ। कमसेकम जति बाँचिन्छ, पूर्ण आनन्दका साथ बाँचौँ। रमाऔँ।पल पल बाँचौँ। तनाव मुक्त भएर, जे आई परे पनि स्वीकार गर्न सक्ने गरी मनलाई तयार गरेर। अधिकांस कुरामा हाम्रो नियन्त्रण छैन भन्ने अनुभव गरेर। सबैको मन यो तथ्य स्वीकार्न सक्ने गरी तयार होस् -दशैँको शुभ-कामना!