काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को तेस्रो तलाबाट हाम फालेका २६ वर्षीय रोशन खड्काको उपचारको क्रममा मृत्यु भएको छ ।
सोलुखुम्बुका २६ वर्षीय खड्काले सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट हाम फाल्दा गम्भिर घाइते भएका थिए । महानगरीय प्रहरी वृत्त गौशालाले उपचारको क्रममा उनको मृत्यु भएको जानकारी दिएको हो ।
उनी मानसिक रोगीसमेत रहेको र घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।








