१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

एनपिएलले नेपालको आर्थिक गतिविधि चलायमान बनाउनेछः खेलकुदमन्त्री चौधरी

एनपिएलले नेपालको आर्थिक गतिविधि चलायमान बनाउनेछः खेलकुदमन्त्री चौधरी
अ अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपालको आर्थिक गतिविधि चलायमान बनाउने बताउनुभएको छ ।

सोमवार धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण कार्यक्रममा बोल्दै उहाँले सो विश्वास व्यक्त गर्नुभएको हो । उहाँले एनपिएलको चर्चा स्वदेशमा मात्र नभए विदेशमा समेत भइरहेको भन्दै एनपिएलले आर्थिक, औद्योगिक र पर्यटकीय क्षेत्रमा पनि महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले सबै टिमलाई जितको अग्रिम शुभकामना दिनुभयो । उहाँले खेल क्षेत्रले नेपाललाई अब विश्वमा चिनाउने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एनपिएलले यस पालिको जुन चर्चा र परिचर्चा भइरहेको छ, त्यसमा सम्पूर्ण नेपालीलाई मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा पनि यसको त्यत्तिकै चर्चा र परिचर्चा भइरहेको छ । सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु । एनपिएलले आर्थिक रुपमा मात्रै होइन, औद्योगिक रुपमा पनि त्यत्तिकै सशक्त रुपमा अघि बढेको हुनाले क्यानका सबै साथीहरु, उद्योगी, बैंकर्स सबैलाई धन्यवाद दिन चाहन्छु । यसबाट नेपालको आर्थिक, पर्यटक रुपमा निकै ठूलो अघि बढ्छ ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एनपिएल नेपाली खेलकुदलाई बुझ्ने पुरानो मूल्य, मान्यता तोडेर नयाँ मान्यता स्थापित गर्ने एउटा ऐतिहासिक प्रतियोगिता भएको बताउनु भयो । उहाँले खेलकुदलाई शारीरिक स्वास्थ्यसँग मात्रै जोड्ने कुराको रुपमा हेरे पनि एनपिएलललाई उद्यम, आर्थिक क्रियाकलापको क्षेत्रको रुपमा एनपिएललाई अघि सारिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एनपिएल नेपाली खेलकुदलाई बुझ्ने पुरानो मूल्य, मान्यता तोडेर नयाँ मान्यता स्थापित गर्ने एउटा ऐतिहासिक प्रतियोगिताको रुपमा मैले यसलाई लिन्छु । हाम्रो माझमा खेलकुदलाई शारीरिक स्वास्थ्यसँग मात्रै जोड्ने कुरा थियो, तर अब यो एउटा उद्यम, आर्थिक क्रियाकलापको क्षेत्रको रुपमा एनपिएललाई अघि सारिएको छ । म यसको शुरुवाती दिनदेखि नै सँगै छु ।’

सदस्यसचिव घिसिङले खेललाई स्वास्थ्यसँग मात्रै जोडेर हेर्न नहुने बताउनु भयो ।