काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिटमा आज पेसी तोकिएको छ।
उक्त मुद्दाको पेसी सर्वच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलासमा तोकिएको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रसाईँलाई मंसिर ४ मा पक्राउ गरेर साइवर अपराधसहित सम्पत्ति शुद्धीकरणमाअनुसन्धान गरिरहेको छ ।
गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै शुक्रवार प्रसाईँका तर्फबाट बन्दीप्रत्यक्षीकरको निवेदन दर्ता भएको थियो ।