२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमितको उपचार खर्च निः शुल्क गर्दै प्रदेश १



अ+ अ-

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने भएको छ। सामाजिक विकासमन्त्री जीवन घिमिरेले आफ्ना नागरिकको उपचार खर्च आफैं बेहोरेको र अब पनि उपचार निःशुल्क नै गर्ने जानकारी दिए। ‘यो महामारीमा सबै नागरिक समस्यामा छन्। हामी प्रदेश सरकार सुरुदेखि नै यो महामारी नियन्त्रणमा खटिएका छौं’, मन्त्री घिमिरेले भने, ‘अब पनि कोरोना संक्रमित नागरिकको उपचार निःशुल्क नै हुन्छ। यसमा सबै ढुक्क हुनुहोस्।’ उनका अनुसार प्रदेश सरकारले कोभिड अस्पताल, आइसोलेसन चलाउँदै आएकाले संक्रमितहरु निजीमा दौडनुपर्ने अवस्था छैन। कोरोना संक्रमण रोक्ने सरकारको अभियानमा सबैले साथ दिनुपर्ने उनको भनाइ छ। ‘महामारीमा सबै लडेकै छौं। सबै आआफ्नो स्थानबाट संक्रमण नियन्त्रणमा लाग्नुपर्छ’, उनले भने, ‘सरकारको अभियानलाई साथ दिए मात्रै यो सफल हुन्छ।’

प्रतिपक्षी कांग्रेसले भने प्रदेश सरकारको यो भनाइमा शंका व्यक्त गरेको छ। संघीय सरकार कोरोना संक्रमितको उपचार र व्यवस्थापनबाट अलग्गिइरहेको समयमा प्रदेशले मात्रै भनेर नहुने तर्क कांग्रेसको छ। नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले बोलेर मात्रै केही नहुने बताए। ‘यसअघि त व्यवस्थापनमा लाचार बनेको प्रदेश सरकार संघीयले खुट्टा झिक्दा व्यवस्थापनमा दह्रो होला ?’, कार्कीले प्रश्न गरे, ‘प्रदेश सरकारले यसअघि नै व्यवस्थापनमा आफू सक्षम नभएको देखाइसक्यो।’

प्रदेशको राजधानी विराटनगरमा मात्रै ३० जना संक्रमितले ज्यान गुमाउँदा पनि प्रदेश सरकार गम्भीर नबन्नु यसको पहिलो उदाहरण भएको उनको तर्क छ। कोरोना जनसुरक्षा कोष खडा गरी रकम संकलन गरे पनि पारदर्शी रूपमा खर्च गर्न नसकेको आरोप कांग्रेसले लगाएको छ। अन्नपुर्णपोष्ट दैनिक