धनगढी । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडामा कार्यरत वेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृत भेटिएका छन्। प्रहरी जवान साउदको शव पनि इन्चार्ज प्रहरी निरिक्षक गोबिन्द विकको शव भेटिएकै क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउँदको शव नदीमा भेटिएको बताए। गत शनिबार राति मोटरसाइकल गस्तीमा गएका वेला असई विक र जवान रामबबहादुर साउद तस्कर समूहको निशानामा परेका थिए ।
हाल घटनाको अनुसन्धानमा प्राविधिक सहयोगका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखु नेतृत्वको टोली पनि परिचालित छ । हाल १३ जना प्रहरी हिरासतमा रहेका छन् ।











