२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुटिनले पश्चिमा मुलुकलाई दिएको चेतावनीबाट नडराउने स्वीडेनको भनाइ



अ+ अ-

एजेन्सी । पुटिनले पश्चिमा मुलुकलाई दिएको पछिल्लो चेतावनीबाट यूरोप नडराउने स्वीडेनले शुक्रबार जनाएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई हतियार आपूर्ति गर्ने पश्चिमा मुलुकहरूमाथि आक्रमण गर्ने सङ्केत गरेपछि स्वीडेनी रक्षामन्त्री पाल जोन्सनले रूसको उक्साहटबाट स्वीडेन नडराउने बताउनुभएको हो ।

स्वीडेनका मन्त्रीले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र र ड्रोन खरिदका लागि ‘पर्याप्त आर्थिक सहयोग’ गर्ने घोषणा गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय देखेको रूसी तनाव र उक्साहट हामीलाई युक्रेनका लागि समर्थन गर्नबाट तर्साउने प्रयास हो र त्यो असम्भव छ,” जोनसनले आफ्ना युक्रेनी समकक्षी रूस्टेम उमरोभसँग स्टकहोममा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो ।

उहाँले भन्नुभयो, “युक्रेनलाई समर्थन गर्नु सही काम हो र यो विवेकी कुरा हो र यो हाम्रो आफ्नै सुरक्षामा लगानी हो । युक्रेनको सुरक्षा पनि हाम्रो सुरक्षा हो।”

जोन्सनले उमरोभसँग भन्नुभयो, “युक्रेनलाई अन्तर्राष्ट्रिय कानुनअनुसार आफ्नो भूभागभित्र र बाहिर आफ्नो रक्षा गर्ने पूर्ण अधिकार छ । हामीले लामो दूरी मार हान्नसक्ने क्षेप्यास्त्र र ड्रोन उत्पादन गर्ने तपाईंको क्षमता दुवैलाई थप विकास गर्न सकेकोमा हामी खुसी छाँैं ।”

राष्ट्रपति पुटिनले युक्रेनमा जारी द्वन्द्व ‘विश्वव्यापी’ युद्धको विशेषता भएको भन्दै रूसी भूमिमा प्रहार गर्न पश्चिमा हतियार प्रयोग गर्न किएभलाई अनुमति दिएकोमा युक्रेनका सहयोगी राष्ट्रको आलोचना गर्नुभएको छ ।

हालैका दिनहरूमा युक्रेनले पहिलो पटक अमेरिकी र बेलायतद्वारा आपूर्ति गरिएको क्षेप्यास्त्रहरू रूसी भूमिमा प्रहार गरेको छ, जसले लगभग तीन वर्ष लामो द्वन्द्वमा रूसलाई थप चिन्तित बनाएको छ ।

सी राष्ट्रपति पुटिनले भन्नुभएको छ, “जसले उनीहरूका हतियारहरू हाम्रो सुविधाविरुद्ध प्रयोग गर्न अनुमति दिन्छ हामी पनि आफूलाई ती देशका सैन्य सुविधाविरुद्ध हाम्रा हतियार प्रयोग गर्ने हकदार ठान्छौं।”