२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवसरवादी र अराजकतावादी चरित्रलाई चिर्न सन्देश सभाः बचन देउजा



अ+ अ-

काठमाडौं । नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले नेकपा एमाले र एमालेका अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध विभिन्न खालका भ्रम फैलाइएको बताउनुभएको छ ।

नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटा जिल्ला कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउजाले अहिले देशमा अराजकता फैलाएर देशलाई भड्खालोमा हाल्ने प्रयत्न भइरहेका बताउनुभयो । विभिन्न खालका अवसरवादी र अराजकतावादी चरित्रलाई चिर्न एमालले सन्देश सभा आयोजना गरेको उहाँले स्पष्ट पार्नुभयो ।

एमालेका नेता कार्यकर्ता देश बनाउने सङ्कल्पका साथ लागेका उहाँले स्पष्ट पार्नुभयो । ‘देशलाई समृद्धि बनाउन कसम आएर एमालेका नेता कार्यकर्ताहरू यो अभियानमा सामेल भएका छौँ, नेकपा एमालेले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको अभियानमा पूर्ण विराम लगाउन केही शक्ति लागेका छन्, त्यसका विरुद्ध यो जागरण सभा हो’, उहाँले भन्नुभयो ।

नेपाली जनतालाई कुनै पनि भ्रममा नपरी एमालेको पक्षमा लाग्न उहाँले आग्रह गर्नुभयो । पपुलिजमको नारा लगाउने शक्तिको चुरीफुरी केही समय मात्र रहने बताउँदै उहाँले पपुलर कुरा गरेर मात्र देश नबन्ने बताउनुभयो ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाको अध्यक्षता तथा नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिहरु प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, पार्टीका सचिवहरू, अनुशासन आयोग, अनुशासन आयोग, निर्वाचन आयोग, केन्द्रिय सल्लाहकार अध्यक्ष, स्थायी कमिटी सदस्यहरू, पोलिटब्युरो सदस्यहरू, केन्द्रीय सदस्यहरू, जनसंगठनका प्रमुखहरू लगायतको सहभागिता रहेको छ ।




भर्खरै