२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवसरवादी र अराजकतावादी चरित्रलाई चिर्न सन्देश सभाः बचन देउजा



अ+ अ-

काठमाडौं । नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले नेकपा एमाले र एमालेका अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध विभिन्न खालका भ्रम फैलाइएको बताउनुभएको छ ।

नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटा जिल्ला कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउजाले अहिले देशमा अराजकता फैलाएर देशलाई भड्खालोमा हाल्ने प्रयत्न भइरहेका बताउनुभयो । विभिन्न खालका अवसरवादी र अराजकतावादी चरित्रलाई चिर्न एमालले सन्देश सभा आयोजना गरेको उहाँले स्पष्ट पार्नुभयो ।

एमालेका नेता कार्यकर्ता देश बनाउने सङ्कल्पका साथ लागेका उहाँले स्पष्ट पार्नुभयो । ‘देशलाई समृद्धि बनाउन कसम आएर एमालेका नेता कार्यकर्ताहरू यो अभियानमा सामेल भएका छौँ, नेकपा एमालेले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको अभियानमा पूर्ण विराम लगाउन केही शक्ति लागेका छन्, त्यसका विरुद्ध यो जागरण सभा हो’, उहाँले भन्नुभयो ।

नेपाली जनतालाई कुनै पनि भ्रममा नपरी एमालेको पक्षमा लाग्न उहाँले आग्रह गर्नुभयो । पपुलिजमको नारा लगाउने शक्तिको चुरीफुरी केही समय मात्र रहने बताउँदै उहाँले पपुलर कुरा गरेर मात्र देश नबन्ने बताउनुभयो ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाको अध्यक्षता तथा नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिहरु प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, पार्टीका सचिवहरू, अनुशासन आयोग, अनुशासन आयोग, निर्वाचन आयोग, केन्द्रिय सल्लाहकार अध्यक्ष, स्थायी कमिटी सदस्यहरू, पोलिटब्युरो सदस्यहरू, केन्द्रीय सदस्यहरू, जनसंगठनका प्रमुखहरू लगायतको सहभागिता रहेको छ ।