२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु: अधिकारी



अ+ अ-

एजेन्सी । उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा ४३ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । अधिकारीहरुका अनुसार प्रभावित जिल्लामा कर्फ्यू लगाएको लगाई मोबाइल सेवासमेत बन्द गरेको बताएका छन् ।

अफगानिस्तान सीमा नजिकैको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा प्रहरी एस्कसँग यात्रा गरिरहेका शिया मुसलमानको दुईवटा छुट्टै समुहमा बन्दुकधारीले बिहीबार गोली हानेका थिए ।

लामो समय देखि यस क्षेत्रमा सुन्नी र शिया मुस्लिम जनजातिहरू बिच झडप भईरहेको छ ।

एक वरिष्ठ प्रशासनीक अधिकारी जावेद उल्ला महसुदले “कुर्रममा भएको हमलाको पुष्टि गर्नु भएको छ । उहाँका अनुसार पीडितहरू मध्ये सात जना महिला र तीन जना बालबालिकासमेत रहेका छन् भने आक्रमणमा १६ जना घाइते भएका छन् ।

एक वरिष्ठ प्रशासनिक अधिकारीले नाम नछाप्ने सर्तमा शुक्रबार जिल्लाभर मोबाइल सेवा बन्द गरिएको जनाउदै मुख्य सहर पाराचिनारमा स्थानीयले धरना तथा प्रदर्शन गर्दा स्थिति तनावपूर्ण“ भएको बताउनु भएको छ ।

माथिल्लो र तल्लो कुर्रम जोड्ने मुख्य सडकमा कर्फ्यू लगाइएको तथा बजार र यातायात बन्द गरिएको अधिकारीले बताउनु भएको छ ।

हिंसाको पाकिस्तानी अधिकारी र मानव अधिकार समूहहरूले निन्दा गरेका छन् । पाकिस्तानको स्वतन्त्र मानव अधिकार आयोग ९एचआरसीपी० ले विज्ञप्ति मार्फत घटनाले सरकारले नागरिकको सुरक्षा गर्न असफल भएको पुष्टि गरेको छ । यसै गरी हिंसाको चक्रलाई तत्काल रोकी निर्णायक कदम चाल्न माग गरिएको छ ।