२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

राजधानीमा कोरोना परीक्षण स्थगित

राजधानीमा कोरोना परीक्षण स्थगित
अ अ+ अ-

काठमाडौं । कोरोना संक्रमणको ‘हटस्पट’ राजधानी उपत्यकामा मंगलबारबाट कोरोना परीक्षण स्थगित भएको छ । यसअघि कन्ट्र्याक्ट ट्रेसिङका आधारमा काठमाडौं र ललितपुर महानगरपालिकाले निःशुल्क रुपमा पीसीआर परीक्षण गर्दै आएको थियो । सरकारले ९ वर्गका व्यक्तिबाहेक अन्यको शुल्क लिएर मात्रै पीसीआर परीक्षण गर्न निर्देशन दिएपछि राजधानीको पीसीआर परीक्षण स्थगित भएको छ । यसअघि कामपाले दैनिक झन्डै ५ सय र ललितपुरले २ सयको हाराहारीमा पीसीआर परीक्षण गर्दै आएका थिए । कामपा शहरी जनस्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले सरकारले निःशुल्क पीसीआर नगर्न निर्देशन दिएपछि मंगलबारबाट परीक्षण रोकिएको जानकारी दिए । उनले भने– ‘कन्ट्र्याक्ट ट्रेसिङमा परेका ९ प्रकारका व्यक्तिबाहेक अन्यको पीसीआर परीक्षण गर्नेछैनौं ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको मापदण्डअनुसार आर्थिकरुपमा विपन्न, अशक्त तथा असहाय, एकल महिला, अति अपांगता भएका, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी र जोखिम क्षेत्रमा कार्यरत कर्मचारीलाई निःशुल्क परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने उल्लेख छ ।

ती बाहेकका सबै व्यक्तिले सरकारले निर्धारण गरेको शुल्क तिरेर पीसीआर परीक्षण गर्नुपर्नेछ । ललितपुर महानगरपालिका कोभिड सम्पर्क अधिकृत देवी गुरुङले सरकारको निर्देशनअनुसार मंगलबारबाट निःशुल्क पीसीआर परीक्षण बन्द गर्ने निर्णय भएको जानकारी दिए । उनले भने– ‘सरकारले त्यस्तै निर्देशन गरेको कारण पीसीआर परीक्षण बन्द गरेका छौं ।’ तर कन्ट्र्याक्ट ट्रेसिङलाई निरन्तरता दिएको उनको भनाइ छ । ललितपुर महानगरपालिकाले हालसम्म ५ हजार ३ सय ५१ जनाको पीसीआर परीक्षण गरिसकेको छ । तीमध्ये ५ सय ५८ जनालाई संक्रमण पुष्टि भएको गुरुङले जानकारी दिए । कामपाका कोभिड–१९ सम्पर्क अधिकृत ज्ञानबहादुर ओलीले पीसीआर परीक्षण नगरेपछि कोभिड संक्रमितको अवस्था, संक्रमितसँग नजिक भएकाहरुको क्लोज कन्ट्र्याक्ट ट्रेसिङलगायतका काम जारी रहेको बताए ।

तथ्याङ्कअनुसार कामपाले सोमबारसम्म सबै वडामा २२ हजार ६ सय ३७ जनाको पीसीआर परीक्षण गरेको थियो । तीमध्ये ३ हजार ७ सय ५२ जनामा संक्रमण पुष्टि भएको थियो । अब निःशुल्क पीसीआर परीक्षण बन्द भएपछि राजधानीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ । यसअघि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले मंगलबारबाट निःशुल्क परीक्षण रोकेका छन् । जिल्ला जनस्वाथ्य कार्यालय लतिपुरका प्रमुख खगेश्वर गेलालले मंगलबारबाट निःशुल्क पीसीआर परीक्षण बन्द भएको जानकारी दिए । उपत्यकाका तीनै जिल्लाका जिल्ला जनस्वास्थ्य कार्यालयले टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला र विभिन्न सरकारी अस्पतालमा पीसीआर परीक्षण गराउने गरेका थिए । मापदण्डमा परेका व्यक्तिबाहेक अन्यको पीसीआर परीक्षण रोकिएपछि उपत्यकामै संक्रमण बढ्ने खतरा बढेको छ ।

ललितपुर महानगरपालिका कोभिड सम्पर्क अधिकृत गुरुङले सरकारले अर्को निर्णय नगरेसम्म निःशुल्क परीक्षण बन्द गरेको जानकारी दिए। स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई पत्र पठाएर निःशुल्क परीक्षण नगर्न निर्देशन दिएपछि उपत्यकाको स्वाब परीक्षण पूर्णरुपमा प्रभावित भएको छ । कामपाका कोभिड सम्पर्क अधिकृत ओलीले सरकारले गरेको निर्णयअनुसार हाललाई सबै वडामा निःशुल्क परीक्षण बन्द गरेको जानकारी दिए । कामपाले कोरोना संक्रमण शुरु भएदेखि नै वडास्तरबाटै परीक्षण गरिरहेको थियो । कामपा शहरी जनस्वाथ्य विभाग प्रमुख कुँवरले अर्को निर्णय नभएसम्म मापदण्डमा परेकाबाहेक अन्यको परीक्षण रोकिएको स्पष्ट पारे । पछिल्लो तथ्याङ्कअनुसार देशभर हालसम्म १३ लाख ९ सय १८ जनाको पीसीआर परीक्षण सम्पन्न भएको छ । नेपाल समाचारपत्र दैनिक